काठमाडौँ / मङ्गलबार सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ तोलामा १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको छ ।
यसअघि पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यता, चाँदी भने तोलामा २० रुपैयाँले बढेको छ । यसअघि तोलामा १ हजार ७ सय ९५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय ५ रुपैयाँ पर्नेछ ।