images
images

प्रेम कथामा ‘रुमानी रङ्ग’ बन्ने, छायाङ्कन बैशाख अन्तिमदेखि अष्ट्रेलियामा हुने

प्रेम कथामा ‘रुमानी रङ्ग’ बन्ने, छायाङ्कन बैशाख अन्तिमदेखि अष्ट्रेलियामा हुने

बिहिवार, फागुन १० २०८०
बिहिवार, फागुन १० २०८०
  • प्रेम कथामा ‘रुमानी रङ्ग’ बन्ने, छायाङ्कन बैशाख अन्तिमदेखि अष्ट्रेलियामा हुने
    काठमाडौँ / अनिल योञ्जनको निर्देशनमा नेपाली चलचित्र ‘रुमानी रङ्ग’ बन्ने भएको छ । आज कमलपोखरीस्थित चलचित्र भवनमा अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने जानकारीसहित चलचित्र निर्माण घोषणा गरिएको हो ।
     
    यसअगाडि ‘इन्टु मिन्टु लन्डनमा’ जोडी बनेर प्रस्तुत हुँदा झैँ यसपटक काम गर्न आफूहरू उत्साहित रहेको अभिनेता मगरले बताए । 
     
     “मलाई यो चलचित्रको कथाले आकर्षित गरेको हो । मैले आफूलाई प्रस्तुत गर्न चाहिरहेको भूमिका यसमा छ । यो प्रेमकथामा आधारित रोमान्टिक कमेडी चलचित्र हो”, उनले भने । 
     
    उनले चलचित्र अष्ट्रेलियामा छायाङ्कन हुने जानकारी दिदै आफू तयारीमा जुटेको बताए । 
     
    अभिनेत्री शाहले कथाको तारिफ गर्दै आफू सधैँ फरक भूमिकामा प्रस्तुत हुन प्रयत्नशील रहेको बताइन् । 
     
    “मैले अघिल्ला चलचित्रमा पनि फरक भूमिका गर्ने कोसिस गरेकी थिएँ । केही सफलता र केही असफलतामार्फत प्राप्त सिकाइौ कारण अहिले सन्तुलित रुपमा काम  गरिरहेकी छु”, उनले भनिन् ।
     
    उनले निर्देशकले कथा सुनाउने शैली र प्रस्तुतिकरणका विषयमा गरेको तयारी र अभिनेता मगर चलचित्रमा रहेकाले पनि आफूलाई राम्रो बन्नेमा विश्वस्त हुने आधार पुगेको बताइन् । 
     
    ‘डायरी’मार्फत निर्देशनको सुरुआत गरेका निर्देशक योञ्जनले यसपटक पूर्ण रुपमा प्रेम कथानक चलचित्रको तयारी गरेको जानकारी दिए । 
     
    उनले भने, “अहिले हाम्रो प्रेम कथानक चलचित्र परिवारले हेर्ने कमै बनिरहेका छन् । यो प्रेम कथामा परिवार पनि उत्तिकै जोडिएको छ । यो सबै वर्गका दर्शकलाई हुने किसिमले तयार गर्नेछु ।”
     
    उनले चलचित्रको छायाङ्कन आउँदो वर्ष विसं २०८१ को वैशाख अन्तिमदेखि अष्ट्रेलियामा हुने जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार