images
images

बिहीबारको राशिफल : कार्य सम्पादन र आर्थिक लाभका दृष्टिले तपाईँको दिन कत्तिको फलदायी छ ?

बिहीबारको राशिफल : कार्य सम्पादन र आर्थिक लाभका दृष्टिले तपाईँको दिन कत्तिको फलदायी छ ?

बिहिवार, फागुन १ २०८१
बिहिवार, फागुन १ २०८१
  • बिहीबारको राशिफल : कार्य सम्पादन र आर्थिक लाभका दृष्टिले तपाईँको दिन कत्तिको फलदायी छ ?
    images
    images

    आज विक्रम संवत २०८१ साल फाल्गुन १ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी १३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । प्रतिपदा तिथि, ३२ घडी ४६ पला, बेलुकी ७ बजेर ५२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–मघा, ३५ घडी २९ पला, बेलुकी ८ बजेर ५७ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । शोभन योग, २  घडी ३२ पला, बिहान ७ बजेर ४६ मिनेट उप्रान्त अतिगण्ड । बालव करण, बिहान ७ बजेर २७ मिनेट उप्रान्त कौलव, बेलुकी ७ बजेर ५२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुशल योग । चन्द्रराशि–सिंह । आज राशिअनुसार तपाईँको समय कस्तो चल्दैछ ? हेर्नुस् 


    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कलात्मक वा रचनात्मक क्षेत्रमा विकास हुनेछ। वैदेशिक यात्राको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    कार्यक्षेत्रमा हतारमा निर्णय नलिनुहोला। नयाँ काम सुरु गर्न केही समय प्रतिक्षा गर्नुहोस् । साझेदारीमा गरिएका काममा देखिएका समस्या सुल्झाउन सकिनेछ। यद्यपि, भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयोजनका विशेष सामान जुटाउन सकिनेछ। पशुधन र कृषि–व्यवसायमा मनग्य लाभ हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    कार्यक्षेत्रमा तपाईंको प्रयास सफल हुनेछ र धन प्राप्तिको प्रबल संकेत रहेको छ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो कामको फाइदा अरुले लिनेछन् । व्यवसायमा बाधा पुग्न सक्छ । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल  लाभ लिन खोज्दा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । 


    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    पदोन्नतिको योग छ। व्यापार व्यवसायमा सोचेजस्तो लाभ रहनेछ। नयाँ कामको अवसर प्राप्त हुनेछ । छोटो समयमा धेरै फाइदा हुने काम बन्नेछ । व्यापारले फाइदा दिनेछ। भविष्यका लागि जग बसाउने काम सुरु गर्ने समय छ। व्यावसायिक कामले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    अनावश्यक खर्च नगर्नुहोस् । अनलाइन कारोबारमा धोका हुन सक्ला। सकेसम्म ठूलो कार्यहरू सुरु नगरेको राम्रो ।  व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ तथा प्रतिष्ठा बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ। नयाँ कामको अवसर प्राप्त हुने समय छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नोकरी वा पेशामा खट्नुपर्ने कामको जिम्मा लिनुपर्ला। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। खर्चमा नियन्त्रण राख्नुहोस् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। सापट वा कर्जामार्फत आवश्यक खर्च जुटाउन सकिनेछ । खर्च बढे पनि लगानी बढाउने समय छ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। गरिएका कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका स्रोत फेला पर्नेछन्।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    तटस्थ भई कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा निर्णय गर्न उपयुक्त समय पर्खनुहोस् । मिहिनेत गर्दा उपलब्धि हात लाग्न सक्छ । अरुका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    प्रतिस्पर्धामा सफलता मिल्नेछ । साझेदारीमा गरिएको व्यापार व्यवसायबाट फाइदा हुने योग छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सानो प्रयत्नले धेरै फाइदा हुने काम गर्न सकिनेछ। आज तपाईँले गरेका कामको चौतर्फी प्रशंसा हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    धेर्य र पराक्रमले नसोचेको काम सम्पादन हुनेछ। व्यापारमा पारदर्शिता राख्ने प्रयास गर्नुहोस्। अरुका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। यद्यपि, विगतका कमजोरी विस्तारै सुधार्न सकिनेछ । लगनशीलताले बिस्तारै उपलब्धि पनि दिलाउनेछ। प्रयत्न गर्दा केही लाभ हुनेछ। भविष्यमा फाइदा हुने काम हातपार्न सकिनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ ।मालसामान हराउन सक्छ सतर्क रहनुहोला । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। मिहिनेतले काम सम्पादन हुनेछ । आज गरेका कामको प्रतिफल भने प्राप्त हुनेछैन । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मेहनत गर्न महत्त्वपूर्ण काम गर्ने समय छ । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सानो गल्तीले जरिवना तिनुपर्ने हुन सक्छ। नयाँ काममा लगानी गर्ने समय छैन । केही समय पर्खनुहोस् । अरुको करकापमा परेर कुनै निर्णय नगर्नुहोस् । बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार