images
images

‘अन्धपथ’ बनाउँदै रामजी लम्साल, रामकाजी घिमिरेको निर्देशन गर्ने

‘अन्धपथ’ बनाउँदै रामजी लम्साल, रामकाजी घिमिरेको निर्देशन गर्ने

बिहिवार, फागुन १ २०८१
बिहिवार, फागुन १ २०८१
  • ‘अन्धपथ’ बनाउँदै रामजी लम्साल, रामकाजी घिमिरेको निर्देशन गर्ने
    images
    images

    काठमाडौँ / चलचित्र ‘अन्धपथ’को घोषणा गरिएको छ । काठमाडौँमा बुधबार एक विशेष कार्यक्रमबीच आरजे मिडिया प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘अन्धपथ’को निर्माण घोषणा गरिएको हो । 

    यही फागुनको ८ गतेदेखि छायाङ्कन आरम्भ गरिने भनिएको यो चलचित्रको निर्मातामा रामजी लम्साल छन् भने कथा पनि उनकै रहेको छ ।

    रामकाजी घिमिरेको लेखन/निर्देशन रहने चलचित्रमा महानायक राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुङ्गाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, शम्भु ढुंगाना, भेग पहारीलगायत कलाकारको अभिनय रहने जनाइएको छ ।

    अन्य कलाकार पनि छनोटको चरणमा रहेको निर्माता रामजीले जानकारी गराए । युवा शक्तिलाई विदेश पलायन निरुत्साहित तुल्याई स्वदेशमै काम गरेर आयआर्जनमा लगाउने थिममा चलचित्र निर्माण हुने निर्देशक रामकाजीले बताए । 

    वि.सं २०८२ सालको असोज÷कात्तिक महिनालाई प्रदर्शन मिति लक्षित गरिएको यो चलचित्र कर्णली रुकुमपूर्व, काठमाडौँ, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायाङ्कन गरिने निर्माता लम्साले जानकारी गराए । 

    चलचित्रको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला हुनुहुन्छ भने छायाङ्कन रामशरण उप्रेती, संगीत अर्जुन पोख्रेल र श्रृङ्गारमा सन्तु तामाङ छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार