images
images

ज्योति विकास बैङ्कद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन इन्टरेक्टिभ (स्मार्ट) बोर्डहरू प्रदान

ज्योति विकास बैङ्कद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन इन्टरेक्टिभ (स्मार्ट) बोर्डहरू प्रदान

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • ज्योति विकास बैङ्कद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन इन्टरेक्टिभ (स्मार्ट) बोर्डहरू प्रदान

    कठमाडौँ / ज्योति विकास बैङ्कले विदुर नगरपालिका वडा नं. ५, देवीघाट, नुवाकोटस्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत उक्त सहयोग प्रदान गरेको हो । 

    बैङ्कले अन्तर्क्रियात्मक सिकाइ विधिहरूमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा सूचना प्रविधि सम्बन्धी सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाको लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीहरूको अध्ययनप्रतिको रुचिमा विकास गराउने हेतुले उक्त स्मार्ट बोर्डहरू प्रदान गरेको हो ।  

    विद्यालयमा आयोजित एक कार्यक्रममा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपालीले शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई सो स्मार्टबोर्डहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । 

    कार्यक्रममा बैङ्कका  सञ्चालक समितिका सदस्य नरेश राज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर डंगोल लगायत बैङ्कका पधाधिकारीहरू, विद्यालयका कर्मचारीहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

    आधुनिक विज्ञान र प्रविधि, नेपाली मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि सक्रिय रूपमा योगदान गरिरहेको उक्त विद्यालयले डिजिटल प्रविधिद्वारा अनलाइनको माध्यमबाट विभिन्न विषयहरूको कक्षा संचालन समेत गर्ने भएकाले सो स्मार्टबोर्डहरूद्वारा विद्यालयलाई थप सहजता प्रदान हुनेछ ।  News.jpgआफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैङ्कले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैङ्क सदैव प्रतिवद्ध रहेको छ ।

    ज्योति विकास बैङ्कले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैङ्किङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार