काठमाडौं / पर्सा जिल्लाको बिरगंज महानगरपालिका २५ बहुअरीबाट फागुन १२ गते राती सशस्त्र प्रहरीले शंकास्पद विलविजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
बिरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना. ८ ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको वलविजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।
लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मुल्य ४० लाख मुल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शलेन्द्र थापाले बताए