images
images

गायक तथा सङ्गीतकार भक्तराज आचार्यको अन्तिम बिदाइ

गायक तथा सङ्गीतकार भक्तराज आचार्यको अन्तिम बिदाइ

मंगलवार, फागुन १५ २०८०
मंगलवार, फागुन १५ २०८०
  • गायक तथा सङ्गीतकार  भक्तराज आचार्यको अन्तिम बिदाइ
    काठमाडौँ / वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि अर्पण सुरु भएको थियो । 
     
    प्रतिष्ठानमा उनलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थित भएका थिए । 
     
    श्रद्धाञ्जलि अर्पणपछि उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् ।
    0.jpg
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले आचार्यको पार्थिव शरीरमा मङ्गलबार श्रद्धाञ्जली अर्पण गरेका थिए । 
     
    bhaktaraj.jpg
    प्रधानमन्त्री प्रचण्डले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्दै उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । 
    5.jpg
     
    त्यस्तै, मन्त्री किरातीले स्व आचार्यले जीवन्त गीत गाएर छाड्नुभएको भन्दै उहाँ बाँच्नेहरुका निम्ति आदर्श व्यक्तिका रुपमा रहने बताए । 
     
    आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा उनीप्रति श्रद्धाञ्जलि अर्पणपछि मन्त्री किरातीले भने, “आफ्नो जिन्दगीमा हजारौँ पराजय ब्यहोरेर पनि इतिहासले नबिर्सिने व्यक्तिका रुपमा विजय हासिल गर्नुभएको छ, हामी कहिल्यै उहाँको योगदान भुल्ने छैनौँ ।” 
     
    उनले आचार्यका नाममा नेपाल सरकारले केही काम गर्ने प्रतिबद्धता पनि जनाए । 
    4.jpg
     
    उनले भने, “उहाँ र उहाँको लोकप्रिय गीत–सङ्गीतलाई हामी कहिल्यै बिर्सने छैनौँ । उहाँको सच्चा श्रद्धाञ्जलिका निमित्त हामीले धेरै काम गर्नुपर्ने छ । नेपाल सरकार उहाँको योजना र उहाँले देखेको सपना पूरा गर्न सदैव साथमै छ ।”
     
    प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङ्गीत क्षेत्रको एउटा धरोहर ढलेको र उनको अभाव सधैँ खड्किरहने बताइन् ।
     
    त्यस्तै, अध्यक्ष ओलीले यो दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै उनले सङ्गीत कला क्षेत्रका महानुभावप्रति पनि समवेदना व्यक्त गरे ।
    3.jpg
     
    आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन दशकअघि नै उहाँको गला अवरुद्ध भएको स्मरण गर्दै गाउने मान्छे गाउन नै नपाएपछि कति ठूलो पीडा भयो होला भनेर कल्पना पनि गर्न नसकिने बताए ।
     
    उनलाई श्रद्धाञ्जलि दिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरलगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरुको उपस्थिति थियो । 
     
    6.jpg
     
     
    भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा 
    निधन भएको थियो । 
     
    उनलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।
    1.jpg
     
    आचार्यले ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौँ...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाहरूको...’, ‘माया मेरी साँझ बिहान...’, ‘हजार आँखा हेर्ने...’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् । 
    00.jpg
     
    गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् । 
     
    उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।
     
    तस्बिर : रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार