images
images

राजनीतिमा ‘कोर्स करेक्सन, अबको अर्थमन्त्री को ?

राजनीतिमा ‘कोर्स करेक्सन, अबको अर्थमन्त्री को ?

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • राजनीतिमा ‘कोर्स करेक्सन, अबको अर्थमन्त्री को ?

    काठमाडौं/  नेपाली कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँगको नयाँ गठबन्धनसहित प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आजै नयाँ मन्त्रीमण्डल पुनर्गठन गर्दैछन् ।  स्रोतका अनुसार नयाँ आकारको मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्।

    images
    images


    आज सोमबार ४ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने र बाँकी मन्त्री दलहरूबीच भागबन्डाका आधारमा हुने भनिएको छ । एमालेले पदम गिरीलाई मन्त्री बनाएर आजै सरकारमा पठाउँदै छ । 


    नेपाली कांग्रेससँगको बर्तमान सत्ता गठबन्धन भत्किएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन भत्किएर नयाँ गठबन्धनको बाटो अघि बढेको हो । माओबादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार बृहत् कम्युनिष्ट एकताको पहल थालिएको छ । आजै प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा यस्तो खुलासा गरेका हुन् । 

    यस्तैगरी माओबादी केन्द्रकै नेता देबेन्द्र पौडेले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन्। 
     
    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उनले भने, “वामपन्थी दलहरु एक होउन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो ।”
     

    “कुनै न कुनैबेला ‘ब्रेक थ्रु’ गर्न त्यस्तो समयको आवश्यकता पर्छ”, उनले भने, “राजनीतिक यात्रामा अवरोध आएपछि नयाँ अध्याय सुरु हुन्छ, यो कुनै नयाँ विषय होइन, बीचमा केही टुटेको थियो, यो विगतकै निरन्तरता हो ।”
     
    सचिवालय बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगिसकेका छन्।

    एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल मन्त्री बन्नेमा अग्रपंक्तिमा देखिएका छन् । अर्थमन्त्री समेत सम्हालिसकेका पौडेल पुनः अर्थमन्त्री बन्ने चर्चा बाक्लिएको छ । यता नेकपा माओवादी केन्द्रबाट पनि वर्षमान पुन मन्त्री बन्दैछन्। उनको पनि अर्थमन्त्री जोड रहेको बुझिएको छ । यद्यपि अहिलेसम्म मन्त्रालय टुंगो लागिसकेको छैन। 


    उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा सहभागी हुने भएको छ। रास्वपाले रवि लामिछानेलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी गर्दै छ । यस्तैगरी जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा पठाउन लागेको छ । 

    राजनीतिक कोर्स करेक्सनसँगै अब बन्ने मन्त्रीमण्डलमा कस्ता अनुहारहरु पर्नेछन् चासोको विषय हुनेछ । कतिपय नेताहरु अघिल्ला मन्त्री पद सम्हाल्दै दाग लागिसकेका छन् । कतिपयको विज्ञता नपुग्ने देखिन्छ ।

     
    सत्ता गठबन्धन भत्किने भएसँगै नेपाली काँग्रेसबाट अर्थमन्त्री बनेका डा। प्रकाशशरण महत पनि बाहिरिने भएका छन् । अब  मुलुकको अर्थ सम्हाल्ने अर्थमन्त्रालयमा कसले प्राथमिकता पाउनेछन् चासोको विषय बनेको छ । 

    स्रोतका अनुसार माओवादी केन्द्रबाटै अर्थमन्त्री बन्ने सम्भावना बढी देखिन्छ । तर,  वर्षमान पुन र जनार्दन शर्माको नाम अग्रपंक्तिमा देखिएपनि शर्मा यसअघि विवादित बनेकोले नेता पुन बढि दाबेदार देखिन्छन् । 


    सत्ता गठबन्धन भत्किएसँगै सेयर बजार उकालो लागेको छ । अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा नयाँ आशा जगाएको देखिन्छ । 
    सोमबार ४ प्रतिशत बढेर २० मिनेका लागि स्थगित भएको सेयर बजार पुनः ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो। 

    कोरोना पछि थलिएको अर्थतन्त्र बामेसर्दै अघि बढिरहेको अवस्थामा नयाँ गठबन्धनले अब बनाउने अर्थमन्त्री र उसले चाल्ने अपनाउने नीति र कार्यसम्पादनले अर्थतन्त्रको  डोरी कसरी अघि बढ्छ त्यो समयले देखाउने छ । 

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार