images
images

पुँजीगत खर्च बृद्धिका लागि सरकारले समयबद्ध तालिका बनाउनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

पुँजीगत खर्च बृद्धिका लागि सरकारले समयबद्ध तालिका बनाउनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • images
    images
    पुँजीगत खर्च बृद्धिका लागि सरकारले समयबद्ध तालिका बनाउनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बनाउनुपर्ने बताएका छन् । बजेट चालु खर्चमै सकिने तर पुँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लले बताए । 

    images
    images

    नेपाल तयारी पोसाक संघको वार्षिक साधारणसभामा अध्यक्ष मल्लले भने, “चालु आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च २५ प्रतिशता सिमित छ, सरकारले गर्ने खर्चको कछुवागतीले आर्थिक गतिविधि अपेक्षित रूपमा बढ्न सकेको छैन, त्यसैले पुँजीगत खर्च समयमै सम्पन्न गर्नका लागि पूर्वाधार विकास आयोजनामा समयमै सम्पन्न गर्नेगरी समयतालिका निर्धारण गर्न आवश्यक छ, ।”

    सरकारले पुँजीगत खर्च समयमै गर्न नसक्दा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गम्भिर असर परेको अध्यक्ष मल्लको भनाई छ । सरकारले आगामी आर्थिक वर्षमा खर्च क्षमता अनुसारको विकास आयोजना छनोट गर्नुपर्ने उनको भनाई छ ।

    अध्यक्ष मल्लले आगामी बजेट रोजगारी सिर्जना, उत्पादन वृद्धिमार्फत निर्यात प्रर्वद्धन, एवं औद्योगिक क्षमता विस्तार गर्ने खालको ल्याउनुपर्नेमा जोड दिए । आयातलाई व्यवस्थित गरी निर्यातलाई प्रर्वद्धन गर्नका लागि स्थानीय उत्पादन वृद्धि हुने क्षेतमा बजेटलाई विनियोजन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । 

    बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको लक्ष्य एकै हुनुपर्ने बताए । अर्को प्रसङ्गमा अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र अझै पनि सुस्त गतिमै रहेको बताए । बजारमा कर्जाको ब्याजदर अपेक्षित रुपमा घट्न नसक्दा लगानी आर्कषित हुन नसकेको अध्यक्ष मल्लको भनाई छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार