एनआईसी एशिया लघुवित्तद्वारा राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न

एनआईसी एशिया लघुवित्तद्वारा राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • images
    images
    एनआईसी एशिया लघुवित्तद्वारा राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न

    काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न गरेको छ । 

    “साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्तले आफ्नो गौरवमय राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन मिति फागुन २५ गने देखि २७ गतेसम्म सौराहा, चितवनमा सम्पन्न गरेको हो । 

    देशभरिकै कुल २८७ शाखा कार्यालयहरुका सम्पूर्ण शाखा प्रमुखहरु, प्रदेश प्रमुखहरु लगायत संस्थाको कर्पोरेट कार्यालयका विभागिय प्रमुखहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक समितिका सदस्य सहितको सहभागितामा सम्मेलन भएको थियो । उक्त सम्मेलन संस्थाको हाल सम्मकै ठूलो तथा भव्य कार्यक्रम मध्ये एक रहेको थियो ।

    संस्थाको सञ्चालक समितिका अध्यक्ष श्री सुवर्ण पौडेलज्यू र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेज्यूले आ–आफ्नो तर्पmबाट स्वागत मन्तव्य राखेका थिए । 

    उक्त सम्मेलनमा संस्थाले आमन्त्रित गरेका त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा लघुवित्त विज्ञ डा. भरत सिंह थापाज्यूले लघुवित्तले गरिवी न्यूनिकरणमा गरेको योगदान, लघुवित्तको वर्तमान अवस्था, चुनौती र अबको लघुवित्तको बाटोको बारेमा प्रस्तुति दिएका थिए । 

    उत्प्रेरक वक्ता रमण भट्टराईले सम्मेलनमा जिवन, जगत, काम र जिवनलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा निकै नै रोमान्चक तरिकाले सहभागी सम्पूर्ण कर्मचारीहरुलाई निकै नै उत्प्रेरित हुने तरिकाले प्रेरणदायी प्रस्तुति दिएका थिए । 
     
    उक्त शाखा प्रमुख सम्मेलनमा सहभागी भएका केहि शाखा प्रमुखहरुले लघुवित्तमा आफ्नो यात्रा, संर्घष र सफलतका विषयमा प्रस्तुति दिएका थिए । संस्था स्थापना कालदेखि निरन्तर रुपमा कार्यरत रहेका कर्मचारीहरुलाई संस्थाका अध्यक्ष श्री सुवर्ण पौडेलज्यू र प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण चालिसेज्यूद्वारा सम्मान गरिएको थियो ।

    संस्थाले सम्मेलनमा सामाजिक उत्तरदायित्व अन्तर्गत चितवन जिल्लाका विभिन्न नगरपालिकाहरुमा रहेका ५ वाट आधारभुत विद्यालयहरुका प्रधानाध्यापकज्यूहरुलाई कार्यक्रममा आमन्त्रित गरी शैक्षिक तथा मेडिकल सामाग्रीहरु वितरण गरेको थियो ।

    विभिन्न शाखाबाट आउनुभएका सदस्यहरुले आफ्नो सफलताको कथा प्रस्तुत गरे पश्चात् उहाँहरुको संघर्ष र सफलतामा हौसला प्रदान गर्दै सम्मानका साथ मायाको चिनो पनि प्रदान गरिएको थियो । 

    संस्थाले देशको अर्थतन्त्रमा लघुवित्त संस्थाको योगदान, बचतको महत्व, कर्जाको सदुपयोगिता, डिजिटल बैकिङ्ग लगायतको विषयमा वित्तीय साक्षरता पु¥याउने हेतुले आइतबार बिहान सौराहमा प्राभातफेरी कार्यक्रम समेत गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार