images
images

अर्थ व्यवस्थामा केही सुधार देखिएको छ : अध्यक्ष ढकाल

अर्थ व्यवस्थामा केही सुधार देखिएको छ : अध्यक्ष ढकाल

बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • अर्थ व्यवस्थामा केही सुधार देखिएको छ : अध्यक्ष ढकाल
    images
    images

    काठमाडौँ / उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको सङ्केतहरू देखिएको बताएका छन् । राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित नवीन प्रावधानहरू र भिसीटिसीको प्रयोग तथा परिपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्रका सूचाङ्कहरू सकारात्मक लयमा आउन लागेको भन्दै बजार धेरै राम्रो नभए पनि सुधारको हिसाबले राम्रो भएको बताए । 

    उनले भने, “पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरू देखिएका छन् । अर्थतन्त्रका सूचाङ्कहरू सकरात्मक लयमा आउन लागेको देखिएको छ । गत वर्षको तुलनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशत र निक्षेप संकलन ३.७ र नीजि क्षेत्रमा प्रभावित कर्जा ५.२ प्रतिशत, राजस्व सङ्कलन १२.७ र खर्चमा १७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले बजार चलायमान भएको नै सङ्केत देखिएको छ । यो धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो सङ्केत हो ।”

    यसको साथै, उनले आगामी दिनहरूमा सरकारका सबै निकायहरूको भूमिका र क्रियाकलापहरू समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्ने भन्दै यसमा उद्योग वाणिज्य महासंघ सधैँ साथमा रहने विश्वास व्यक्त गरेका छन् । 

    उनले भने, “आगामी दिनहरूमा सरकारका सबै निकायहरूको भूमिका र क्रियाकलापहरू समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्छ । राजस्व अनुसन्धान विभागको भूमिका यसमा थप सन्तुलित र समन्वयकारी हुनुपर्ने हाम्रो धारणा छ । यसमा उद्योग वाणिज्य महासंघ सदैव तपाईहरूको साथमा रहने विश्वास समेत दिलाउन चाहन्छु ।” 

    नीजि क्षेत्रको लगानीलाई प्रमोट गर्न र सक्रिय रूपमा अगाडि बढाउन सकेन भने परिणाम राम्रो नआउने पनि उनको भनाई छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार