images
Logo
images
images
images

फागुनमा घरजग्गा कारोबार स्थिर, तीन अर्ब ५९ करोड राजस्व संकलन

फागुनमा घरजग्गा कारोबार स्थिर, तीन अर्ब ५९ करोड राजस्व संकलन

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • images
    images
    फागुनमा घरजग्गा कारोबार स्थिर, तीन अर्ब ५९ करोड राजस्व संकलन

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनामा घरजग्गा कारोबार स्थिर रहेको छ। माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर रहेको हो।

    images
    images

    भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार माघ महिनामा ५० हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो। त्यस्तै, फागुनमा भने ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको छ।

    यस्तै, गत आर्थिक वर्ष फागुन महिनाको तुलनामा भने यो वर्ष फागुन महिनामा २५.१९ प्रतिशतले घरजग्गा किनबेच बढेको छ। 

    गत आर्थिक बर्ष २०७९/८० को फागुन महिनामा भने देशभरको मालपोत कार्यालयबाट ४० हजार ७३४ घरजग्गा किनबेच भएको छ । जुन सोही बर्षको माघ महिनाको तुलनामा ३५२ ले कम हो । 

    सो कारोबारबाट सरकालाई तीन अर्ब ५६ करोड रूपैयाँ राजस्व प्राप्त भएको विभागको तथ्यांकले देखाएको छ। उक्त बर्षको माघ महिनामा ४१ हजार ८६ वटा घरजग्गा किनबेच भएको थियो।

    राजस्व संकलन कति ? 

    यता, फागुनमा घरजग्गा किनबेच स्थिर रहे पनि राजस्व भने थोरै वृद्धि भएको देखिन्छ। फागुनमा सरकारलाई घरजग्गा किनबेचबाट तीन अर्ब ५९ करोड २६ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ। माघमा भने तीन अर्ब ३७ करोड ५७ लाख रूपैयाँ मात्रै राजस्व प्राप्त भएको थियो। 

    कुन मालपोत कार्यालयबाट कति भयो राजस्व संकलन ? 

    फागुन महिनामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्नेमा लगनखेल मालपोत कार्यालय छ।  उसले ३५ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन गर्‍यो। दोस्रोमा चाबहिल मालपोत कार्यालय छ। उसले २५ करोड ८२ लाख रुपैयाँ सङ्कलन गर्‍यो। 

    क्रमशः भक्तपुरबाट २५ करोड ४४ लाख रुपैयाँ, कलङ्की मालपोतले २४ करोड २९ लाख, डिल्लीबजार कार्यालयले २१ करोड ३७ लाख रुपैयाँ, चितवन मालपोतले १६ करोड ११ लाख रुपैयाँ, कास्कीले १२ करोड ६६ लाख रुपैयाँ र इनरुवा मालपोत कार्यालयले ११ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेका हुन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार