images
images

दुर्गा प्रसाईंका बडीगार्ड खड्का सर्वोच्च अदालतबाट हतियारसहित समातिए

दुर्गा प्रसाईंका बडीगार्ड खड्का सर्वोच्च अदालतबाट हतियारसहित समातिए

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • दुर्गा प्रसाईंका बडीगार्ड खड्का सर्वोच्च अदालतबाट हतियारसहित समातिए

    काठमाडौँ / दुर्गा प्रसाईँका निजी सुरक्षा गार्डलाई नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनी राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक निजी सुरक्षा गार्ड खड्काको साथबाट प्रहरीले जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार र त्यसमा लाग्ने १०० थान गोलीसमेत बरामद गरेको छ । 

    प्रहरी उपरीक्षक अधिकारीले भने, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।”

    उनले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार