images
images

आरबी डायमण्डको वार्षिकोत्सव : ब्राण्ड एम्बेसडरको घोषणादेखि फेसन शोसम्मको आयोजना गरिदै

आरबी डायमण्डको वार्षिकोत्सव : ब्राण्ड एम्बेसडरको घोषणादेखि फेसन शोसम्मको आयोजना गरिदै

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • आरबी डायमण्डको वार्षिकोत्सव : ब्राण्ड एम्बेसडरको घोषणादेखि फेसन शोसम्मको आयोजना गरिदै

    काठमाडौँ / आरबी डायमण्ड ज्वेलर्सले २७औँ वार्षिकोत्सवको अवसरमा विशेष घोषणा गर्ने भएको छ । सन् १९९७ देखि गुणस्तर र सेवाका कारण ग्राहकको रोजाइमा पर्ने आरबी डायमण्डले बार्षिकोत्सवको अवसरमा नयाँ लोगो सार्वजनिक, नयाँ ब्रान्ड एम्बेसडरको घोषणा र भव्य ज्वेलरी रनवेको साथ २७औँ वार्षिकोत्सव मनाउने भएको हो।

    images
    images

    सन् १९९७ देखि आफ्नो उच्च गुणस्तर र सेवाका कारण ग्राहकको मनमा बस्न सफल

    आरबी डायमण्ड ज्वेलर्स हीरा र गहनाको क्षेत्रमा आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा–प्रेरित डिजाइनका लागि  छ। 

    हिराको दुनिँयामा नेपालकै अग्रपन्तीमा रहेको आरबी डायमण्ड ज्वेलर्सले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरूको घोषणा गर्न पाउँदा गर्व महशुस गरेको कम्पनीले जनाएको छ । 

    हीरा आभूषणमा उत्कृष्टता र नवीनताको एक महत्वपूर्ण कोसेढुङ्गा साबित भएको आरबी डायमण्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गर्ने भएको भएको छ । 

    कार्यक्रममा आरबीले रि–डिजाईन्ड लोगो सार्वजनिक गर्नेछ जुन आरबी डायमण्ड ज्वेलर्सको जरा र आधुनिक कलेक्सन्सको मास्टरपिस हुनेछ। 

    कम्पनीका अनुसार हिरामा गोलाकार आकारको जराजस्तै देखिने रेखाहरू आरबी डायमण्ड ज्वेलर्सका दिवंगत संस्थापक रमेश महर्जनको पृष्ठभूमिको एक प्रतीक हो। 

    यो एक सामान्य किसानबाट हीराको दुनिँया र उत्कृष्टतामा उनको उद्यमशीलता झल्काउने यात्रा भएको आरबी डायमण्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले बताए । 

    पुनः डिजाइन गरिएका लोगोले आरबी डायमण्डको शिल्प कौशल, सुन्दरता र गहिरो जरा रहेको सम्पदाप्रतिको प्रतिबद्धता झल्काउने उनको भनाइ छ । 

    “परम्परा र आधुनिकताको मिश्रणसहितको लोगोको जटिल डिजाइनले ब्रान्डको समृद्ध इतिहास र भविष्यको लागि यसको दर्शनलाई समेट्छ,”उनले भने । 
     
    नयाँ लोगो सार्वजनिकको साथसाथै, आरबी डायमण्डले रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गर्ने छ। 

    “चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर र नेपालको फेसन उद्योगमा परिचित श्रेष्ठले ब्रान्डमा आफ्नो नयाँ दृष्टिकोण र शैली ल्याउनुहुनेछ भन्नेमा आरबी विश्वस्त छ,” अध्यक्ष महर्जनले भने । 

    आरबी डायमण्डसँग श्रेष्ठको साझेदारीले उद्योगमा अझै उत्कृष्टसँग काम गर्न ब्रान्डलाई प्रेरित गर्ने उनी बताउँछ। 

    “आरबीसँगको उनको सहकार्यले रचनात्मकता तथा नवीनताप्रतिको प्रतिबद्धतालाई जनाउनेछ,” अध्यक्ष महर्जनले भने, “ आरबी डायमण्डका लागि नयाँ ब्रान्ड एम्बेसेडर हुने भएका रेहानले ब्रान्डमा नयाँ धारणहरू भिञ्याउनेछन् र उहाँको अनुभव र भिजनले आरबी डायमण्ड झनै निखारिनेछ भन्नेमा आरबी ढुक्क छ।” 

    २७ औँ वार्षिकोत्सवको अवसरमा नयाँ लोगो सार्वजनिक र रेहान श्रेष्ठलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गर्न पाउँदा आफुलाई खुशी लागेको अध्यक्ष महर्जनले बताए । 

    उनका अनुसार रेहान श्रेष्ठ एक रचनात्मक कन्टेन्ट क्रिएटर र डिजाइनर मात्र होइनन, उनी फेसन उद्योगमा एक ट्रेन्डसेटर पनि हुन्। उनी फेसन उद्योगमा आफ्नो नवीन दृष्टिकोण र अद्वितीय शैलीका लागि परिचित छन्। 

    २७ औँ वार्षिकोत्सव भव्य र सभ्य रूपमा मनाउनको लागि, आरबी डायमण्डले ३० मार्च २०२४ मा एक शानदार ज्वेलरी फेसन शो पनि आयोजना गर्दैछ। 

    जहाँ आरबी डायमण्डले ब्रान्डको उत्कृष्ट शिल्प कौशल, नवीन डिजाइनहरू र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई हाइलाइट गर्दै आरबी डायमण्डका नयाँ कलेक्सन्सहरू प्रदर्शन गर्नेछ।

    फेसन शोमा बलिउडकी ग्ल्यामरस स्टार ज्याकलिन फर्नान्डिजले शो स्टपरको भूमिका निर्वाह गर्नेछिन् ।

    सुन्दरता र ग्ल्यामरकी धनी फर्नान्डिजले आरबी डायमण्डको ब्रान्ड मूल्यहरूको सारलाई मूर्त रूप दिनेछिन्। 

    कार्यक्रममा किम गुडबर्न शो ओपनरको रूपमा रहनेछन जसले कार्यक्रममा थप उत्साह र ग्ल्यामर थप्नेछ। किम गुडबर्नले आरबी डायमण्डको पुरुषका कलेक्सनहरू प्रस्तुत गर्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार