images
images

माउण्टेन ड्युले अनूप विक्रम शाहीको साथमा सुरु गर्यो ग्रीष्मकालीन प्रचार अभियान

माउण्टेन ड्युले अनूप विक्रम शाहीको साथमा सुरु गर्यो ग्रीष्मकालीन प्रचार अभियान

बुधवार, चैत ७ २०८०
बुधवार, चैत ७ २०८०
  • माउण्टेन ड्युले अनूप विक्रम शाहीको साथमा सुरु गर्यो ग्रीष्मकालीन प्रचार अभियान

    काठमाडौँ / माउण्टेन ड्युले आज (बुधबार)देखि एक गतिशील एवं आकर्षक ग्रीष्म प्रचार अभियानको थालनी गरेको छ । यस अभियानमा जोडिएका अनूप विक्रम शाहीले माउण्टेन ड्युले विगतका दिनहरूदेखि नै व्यक्त गर्दै आएको àडरको अगाडी जित छ’ भन्ने मूल मन्त्रलाई नै विशेष जोड दिएका छन् । 

    images
    images

    यो अत्यन्त रमाइलो प्रचार अभियान एक टिभि विज्ञापनको साथमा आएको छ, जसमा भएको रोमाञ्चकारी स्टण्टहरू र आकर्षक कथासारले उपभोक्ताहरूलाई बाँधी राख्ने कम्पनीको दावी छ ।
    भिडियोओमा साहसिला दृश्यहरू शक्तिशाली एसएफएक्सद्वारा दर्शाइएको छ भनें प्रेरणादायी गीतमा चर्चित नेपाली गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।

    अभियानको बारेमा आफ्नो भनाई राख्दै पेप्सीको नेपालका एशोसिएट डाइरेक्टर अनुज गोयलले भने “माउण्टेन ड्युको प्रतिष्ठित मूल मन्त्र ‘डरको अगाडी जित छ’लाई अनूप विक्रम शाहीको साथमा एक आनन्ददायक ग्रीष्मकालीन अभियानसँगै फेरि शुरू गर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौँ । हामी विश्वस्त छौँ कि बाँधेर राख्ने कथासार र मुटुको ढुकढुकी बढाउने स्टण्टहरू भएको टिभि विज्ञापन नेपाली युवाहरूसँग जोडिनेछ र माउण्टेन ड्युको चुस्किमा रमाउँदै उनीहरू भित्रको डरलाई भगाएर यो गर्मी यामको मज्जा लिन जोड दिनेछ ।”

    त्यस्तै, अनूप विक्रम शाहीले अभियानको बारेमा टिप्पणी गर्दै भने, “माउण्टेन ड्युसंग सहकार्य गर्न पाउनु र अर्को सिजनको लागि पनि ड्युको मूल नारा ‘डरको अगाडी जित छ’लाई साकार गर्न पाउनु वास्तवमै मेरो लागि सम्मानको कुरा हो । माउण्टेन ड्युको एक्सनले भरिपूर्ण दृश्यहरू छायाँकनले म भित्र  अदम्य साहसहरू भरिएका छन्, जुन मेरो व्यक्तित्वसंग पनि दुरूस्त मेल खान्छ । सधैंं जसो नेपाली युवाहरूसँग यो यात्रा साझा गर्दै उनीहरूलाई उनीहरूको डर भन्दा अगाडी बढाउन र जितलाई आत्मसात गर्न प्रेरित गर्न पाउँदा म अत्यन्त उत्साहित छुँ ।”

    नयाँ माउण्टेन ड्युको प्रचार अभियान र विज्ञापन टिभि च्यानलहरू लगायत डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरूमा व्यापक रूपमा सञ्चालन गरिनेछन् ।  माउण्टेन ड्युको एकजना वा धेरैलाई पुग्ने सर्भ प्याकहरू आधुनिक एवं परम्परागत खुद्रा पसलहरूका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्महरूमा पनि उपलब्ध छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार