images
images

सीजी ब्रान्डले सुरु गर्यो अन्तर्क्रियात्मक डिजिटल बोर्ड, यस्ता छन् विशेषताहरू

सीजी ब्रान्डले सुरु गर्यो अन्तर्क्रियात्मक डिजिटल बोर्ड, यस्ता छन् विशेषताहरू

बुधवार, चैत ७ २०८०
बुधवार, चैत ७ २०८०
  • सीजी ब्रान्डले सुरु गर्यो अन्तर्क्रियात्मक डिजिटल बोर्ड, यस्ता छन् विशेषताहरू

    काठमाडौँ / सीजी ब्रान्डले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम् अन्तर्क्रियात्मक डिजिटल बोर्ड अथवा स्मार्ट बोर्ड सुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स र घरेलु उपकरण सिजी ब्रान्डले अन्तर्क्रियात्मक डिजिटल बोर्डहरू ठूला साइजमा भएकाले कुनै कुराहरू प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने गरी उक्त बोर्ड सुरु गरेको हो । 

    images
    images

    अन्तर्क्रियात्मक डिजिटल बोर्डको क्षेत्र निरन्तर विकसित हुँदैछ । नयाँ प्रविधि र आविष्कारहरू सधैँ नै भईरहेको छ । यो एक रोमाञ्चक र गतिशील हुनुका साथै विभिन्न क्षेत्रहरू जस्तै शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरू जस्ता क्षेत्रमा निकै नै लाभदायक हुन्छ । 

    अन्तर्क्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहुँच योग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागि उपयूक्त वस्तु प्रमाणित हुन सक्छ । 

    इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने, प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससँग अन्तर्क्रिया गर्न पनि सकिन्छ । 

    बोर्डमा $K रिजोल्युसन (UHD वायरलेस स्क्रिन टच, एन्ड्रोइड ज्ञघ ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरू सहित ६५, ७५ र ८६ इन्चमा उपलब्ध छन् ।  

    उक्त स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिड्ड हल र घरमा पनि उपयोगी छ, जहा प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन् । रिमोट लर्निङसग मिल्दो, अन्तरक्रियात्मक डिजिटल बोर्डले माइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरु संग सजिलै जोडिन सक्दछ । 

    सो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक आउटलेटहरूबाट प्राप्त गर्न सकिन्छ । थप विवरणहरू प्राप्त गर्न ग्राहकहरूले सीजी ब्रान्डको आधिकारिक वेबसाइट र यसको आफ्नै इ–कमर्स प्लेटफर्मबाट लिन सकिन्छ ।  

    सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री सञ्जालमार्फत आफ्ना उपभोक्ताहरूलाई सेवा सुविधाहरू दिँदै आएको छ ।

    गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ । 

    हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिदै आाएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ । नजिकै कुनै सोरुमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाबाट पनि लिन सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार