images
images

रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा, मूल्य कति ?

रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा, मूल्य कति ?

बुधवार, चैत ७ २०८०
बुधवार, चैत ७ २०८०
  • रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा, मूल्य कति ?

    काठमाडौँ / सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३ ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । 

    images
    images

    आकर्षक मूल्य सहितको यस रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य १७ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

    ५० मेगापिक्सलको (एआई) पछाडिको मुख्य क्यामेरा रहेको नार्जाे एन ५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ ।

    ५ हजार एमएएचको ब्याट्री रहेको यस स्र्माटफोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्ज  हुने कम्पनीको दाबी छ । 

    ७.४९ एमएम मोटाइ भएको नार्जाे एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्यको एक रहेको दाबी गरेको छ भने यस स्र्माटफोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ । 

    फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ ।

    युनिसक टाइगर टी ६१२ चीपसेट रहेको यस नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । त्यसैगरी चिपसेटमा १२ एनएम प्रोसेस नोड र १.८ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार