images
images

सिआइबीलाई २ घण्टा बयान दिएपछि विनोद चौधरीले भने - मेरो चरित्रको सर्टिफिकेट दिइराख्नु पर्दैन

सिआइबीलाई २ घण्टा बयान दिएपछि विनोद चौधरीले भने - मेरो चरित्रको सर्टिफिकेट दिइराख्नु पर्दैन

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • सिआइबीलाई २ घण्टा बयान दिएपछि विनोद चौधरीले भने - मेरो चरित्रको सर्टिफिकेट दिइराख्नु पर्दैन
    images
    images

    काठमाडौँ / बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ । 

    बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगी चौधरीसँग सिआइबीले दुई घण्टा बयान लिएको  हो । 

    सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो । 

    सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले उनी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उनलाई पक्राउ नगरी सिधैँ बयान लिइएको जानकारी दिए । 

    बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताए ।

    बाँसबारी जग्गाबारे  राजनीतिकरण भएको गुनासो गर्दै उनले स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने बताए । 

    पछिल्लो समय एउटा उद्यमीलाई राजनीतिकरण गरेको भन्दै कठिन परिस्थितमा आफूजत्तिको मानिसले उभिएर अर्थतन्त्रको कुरा गर्दा रोजगार दाताहरूले हेक्का राख्न सक्नुपर्ने उनको भनाइ छ । 

    जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएको बताउँदै उनले भने, “४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुःखलाग्दो छ ।”

    उनले ४२ वर्षअगाडिको बाँसबारीको १० रोपनी जग्गाको मूल्य कति नै पर्ने हो र भन्दै यो कुरा सबैले बुझेको बताए।

    “यो देशकै एक मात्र, हजारौँ रोपनीको निजी औद्योगिक ग्राम स्थापना गर्ने रूपले, १४० वर्षदेखि र अझ व्यवस्थितरूपले ८० वर्षदेखि देशभरि नै विभिन्न परियोजना गर्ने समूहले बाँसबारीको १० रोपनी जग्गाको कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपज बाहेक केही पनि होइन,” उनले भने । 

    उनले एउटा उद्यमीको हैसियतले आफूले जहिले पनि विकासको राजनीति गरेको भन्दै कुनै प्रकारका दलहरूका मतभेदमा सरिक नभएको समेत दाबी गरे । 

    “यो देशकै एक मात्र, हजारौँ रोपनीको निजी औद्योगिक ग्राम स्थापना गर्ने रूपले, १४० वर्षदेखि र अझ व्यवस्थितरूपले ८० वर्षदेखि देशभरि नै विभिन्न परियोजना गर्ने समूहले बाँसबारीको १० रोपनी जग्गाको कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपज बाहेक केही पनि होइन,” उनले भने । 

    दलगत राजनीति र गलत राजनीतिको पक्षलाई आफूले प्रश्रय नदिएको उनले बताए । 

    उनले भने, “मैले त्यसर्थमा व्यावसायिक र विकासप्रेमीको हैसियतले हरेक फोरममा उभ्याएँ । तर, आज यो मुद्दामा भने राजनीतिकर्मीमाथि राजनीतिकरण गर्ने, उद्यमलाई राजनीतिकरण गर्ने, एउटा उद्यमीलाई राजनीतिकरण गर्ने, एउटा लगानी कर्ता र करदातालाई राजनीतिकरण गर्ने, कुरा प्रष्टरूपमा देखियो ।” 

    त्यसबेलाको विषय अहिले बाहिर आउनु गलत मनसाय भएको उनको दाबी छ। चौधरीले जग्गा विवादको कुरा बाहिर आएसँगै आफूले अनुसन्धान गरिरहेकोसमेत उनको जिकिर छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार