images
images

बैंकको सञ्चालक हुन ७० वर्षे उमेर हद राख्ने प्रस्ताव

बैंकको सञ्चालक हुन ७० वर्षे उमेर हद राख्ने प्रस्ताव

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • बैंकको सञ्चालक हुन ७० वर्षे उमेर हद राख्ने प्रस्ताव

    काठमाडौँ / बैंकको सञ्चालकमा ७० वर्षे उमेर हद राख्ने प्रस्ताव अघि बढेको छ ।

    images
    images
    images
    images

    अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा दर्ता गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।

    संशोधन विधेयकमा अधिकतम उमेर हद राख्ने प्रस्ताव गरिएको हो । प्रचलित ऐनको दफा १८ को उपदफा १ मा यस सम्बन्धी व्यवस्था राख्न प्रस्ताव गरिएको छ । जहाँ ‘२५ वर्ष पूरा नभएको र ७० वर्ष उमेर नाघेको’ व्यक्ति बैंकको सञ्चालक हुन अयोग्य हुने भनिएको छ । यसो गर्नुको कारणमा भनिएको छ, ‘सञ्चालकको मनोनीत वा निर्वाचित उमेर किटान गर्न आवश्यक भएकाले ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार