images
images

१८.२५ अंकले घटेको बजारमा ५ अर्ब अर्ब ४१ करोड बढीको कारोबार, कसले कमाए, कसले गुमाए ?

१८.२५ अंकले घटेको बजारमा ५ अर्ब अर्ब ४१ करोड बढीको कारोबार, कसले कमाए, कसले गुमाए ?

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • १८.२५ अंकले घटेको बजारमा ५ अर्ब अर्ब ४१ करोड बढीको कारोबार, कसले कमाए, कसले गुमाए ?

    काठमाडौँ / साताको अन्तिम दिन अर्थात् आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

    images
    images
    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार आज परिसूचक १८.२५ अंक अर्थात ०.६८ प्रतिशतले घटेर २६२७.१४ बिन्दुमा बन्द भएको हो । 

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

    यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशतले घटेको छ भने दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक १।२६ प्रतिशतले घटेको छ।

    कारोबार रकम पनि घट्यो

    बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। 

    गत कारोबार दिन अर्थात् बुधबार छ अर्ब २७ करोडको कारोबार भएकोमा यसदिन पाँच अर्ब ४१ करोडको कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८६ करोड रूपैयाँ कमी आएको हो।

    आज ३१७ वटा धितोपत्रको एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच भएको हो।

    बिहीबार ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, सात कम्पनीको मूल्य स्थिर रहेको छ।

    एसबिआई बैंकको सेयर मूल्य सर्वाधिक बढ्यो

    यसदिन नेपाल एसबिआई बैंकको सेयर मूल्य सर्वाधिक ९.७५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५३० रूपैयाँ कायम भएको छ।

    यसैगरी, पिपुल्स हाइड्रोपावरको मूल्य ८.०५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५०८ रूपैयाँ ८० पैसा पुगेको छ।

    रावा इनर्जीको मूल्य सर्वाधिक घट्यो

    यस्तै, रावा इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७९९ रूपैयाँ २० पैसामा झरेको छ।

    एनआइबिएल समृद्धि फण्ड–२को मूल्य ५.७३ प्रतिशतले घटेको छ। उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ ३९ पैसा कायम भएको छ।

    एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार

    बिहीबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३५७ रूपैयाँमा ३४ करोड ३१ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.०४ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा साहस ऊर्जा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३१ रूपैयाँमा २४ करोड ९३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार