images
images

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कुन मुद्राको भाउ कति पुग्यो ?

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कुन मुद्राको भाउ कति पुग्यो ?

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कुन मुद्राको भाउ कति पुग्यो ?

    काठमाडौँ / अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारको तुलनामा बिहीबार डलरको भाउ १ पैसाले बढेको हो । सुनको  मूल्य दैनिक नयाँ उचाइमा पुग्दा डलरको भाउ पनि बढ्न थालेको हो । 

    images
    images
    images
    images

    अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिदै जाँदा अमेरिकी डलर बलियो बन्दै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

    यता, युरो, अष्ट्रेलियन डलरलगायतका मुद्राको भाउ भने घटेको छ । आज युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७४ रुपैयाँ १० पैसा र बिक्रीदर १७४ रुपैयाँ ८८ पैसा तोकिएको छ । 

    त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिद मूल्य १५४ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य १५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५ पैसा र बिक्री दर ९७ रुपैयाँ ४८ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा १०१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १०२ रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७८ पैसा र बिक्री दर ८ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिदमा १८ रुपैयाँ ८३ पैसा र बिक्रीमा १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ७५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ। 

    यसैगरी, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिदमा ३० रुपैयाँ ८६ पैसा र बिक्रीमा ३१ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा तोकिएको छ । 

    त्यस्तै, कुवेती दिनार एकको खरिद दर ४३७ रुपैयाँ ८१ पैसा र बिक्री दर ४३९ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिद मूल्य ३५६ रुपैयाँ ५ पैसा र बिक्री मूल्य ३५७ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार