images
images

वाणिज्य बैंकहरूमध्ये पहिलो त्रैमासमा सर्वाधिक बढी नाफा कमाएको नबिल बैंकको कुन सूचक कस्तो छ ?

वाणिज्य बैंकहरूमध्ये पहिलो त्रैमासमा सर्वाधिक बढी नाफा कमाएको नबिल बैंकको कुन सूचक कस्तो छ ?

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • वाणिज्य बैंकहरूमध्ये पहिलो त्रैमासमा सर्वाधिक बढी नाफा कमाएको नबिल बैंकको कुन सूचक कस्तो छ ?

    काठमाडौँ / नबिल बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८१/०८१ को पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउने वाणिज्य बैंक बनेको छ । हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूमध्ये नबिलले सबैभन्दा बढी २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो । 

    images
    images
    images
    images

    गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेरमेन्ट चार्ज रिभर्स भएसँगै नाफामा उल्लेख्य बृद्धि गर्न सफल नबिल बैंकको खुद ब्याज आम्दानी भने ०.८१ प्रतिशतले घटेको छ । बैंकको ४५ करोड ७७ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।

    त्यस्तै, बैंकको सञ्चालन आम्दानी ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ रहेको छ । 

    चुक्ता पूँजी २७ खर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको नबि बैंकले असोज मसान्तसम्म ४ खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ८१ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    गत बर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप ३.७६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १.९६ प्रतिशतले बढेको छ । 

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ५२ पैसा बढेर २९ रुपैयाँ ८३ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको खराब कर्जा बढेर ४.२४ प्रतिशत पुगेको छ । यस अवधिसम्म बैंकको प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ४८ पैसा छ ।nabil note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार