काठमाडौँ / शुक्रबार सुनचाँदीको रेकर्ड मूल्यबाट घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुन प्रतितोला १३ सय र चाँदी ५५ रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनलाई शुक्रबार १ लाख २६ हजार ५ सय रुपैयाँ पर्नेछ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँबाट घटेर १ लाख २५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको मूल्यसमेत घटेर प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ । यसअघि चाँदीको भाउ बढेर तोलामा १ हजार ५ सय ५५ रुपैयाँ पुगेको थियो ।