images
images

सरकारको १६ निर्णय : मिटरब्याज नियन्त्रण आयोग गठनदेखि राष्ट्रिय भूमि आयोग विघटनसम्म

सरकारको १६ निर्णय : मिटरब्याज नियन्त्रण आयोग गठनदेखि राष्ट्रिय भूमि आयोग विघटनसम्म

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • सरकारको १६ निर्णय : मिटरब्याज नियन्त्रण आयोग गठनदेखि राष्ट्रिय भूमि आयोग विघटनसम्म
    images
    images

    काठमाडौँ / बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले १६ वटा निर्णय गरेको छ । बैठकले राष्ट्यि योजना आयोगमा ४ जना सदस्य नियुक्त गर्नेदेखि मिटरब्याज जाँचबुझ आयोग गठनगर्नेसम्मका १६ निर्णय गरेको हो । 

    राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा। अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने निर्णय गरेको हो। अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका बैठकले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। 

    ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न उच्च अदालतका पूर्व न्‍यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पूर्व एआइजी पुस्कर कार्की र चार्टर्ड अकाउन्टेन्ट सञ्जीव मिश्र सदस्य रहने गरी आयोग गठन गरेको हो। 

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी नेतृत्वको प्रतिनिधिमण्डललाई चैत ११ गतेदेखि १९ गतेसम्म चीन भ्रमण गर्न स्वीकृति दिएको छ। 

    राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय पनि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ।

    बृहत शान्तिधाम नोपलले बार्षिक रूपमा बुझाउँदै आएको कबुलियत दस्तुर बापतको राजस्वसमेत मिनाह गर्ने सरकारको नर्णय छ । त्यस्तै, खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली, २०८० समेत बैठकले स्वीकृत गरेको छ । 

    यस्ता छन् निर्णयहरू 

    1.jpg

    2.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार