images
images

एनआइसी एशिया बैङ्कद्वारा बचत खातामा उपलब्ध बिमा वापत  १ करोड २० लाख रुपैयाँ भुक्तानी

एनआइसी एशिया बैङ्कद्वारा बचत खातामा उपलब्ध बिमा वापत  १ करोड २० लाख रुपैयाँ भुक्तानी

सोमवार, चैत १२ २०८०
सोमवार, चैत १२ २०८०
  • एनआइसी एशिया बैङ्कद्वारा बचत खातामा उपलब्ध बिमा वापत  १ करोड २० लाख रुपैयाँ भुक्तानी

    काठमाडौँ / एनआइसी एशिया बैङ्कले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत १२ जना खातावालहरूलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ ।

    images
    images

    बैङ्कले आकर्षक फाइदाहरूसहितको २०८० असार १८ देखि फागुण १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई सो रकम भुक्तानी गरेको हो । 

    ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैङ्किङ्गको अभ्यास गर्दै आइरहेको 
    बैङ्कले विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका निज ग्राहकहरू तथा परिवार सदस्यलाई बिमा कम्पनीहरूले प्रदान गरेको उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ । 

    बैङ्कको काठमाडौँस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्य प्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजय कुमार गुरुङलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरिएको बैङ्कले जानकारी दिएको छ । 

    यसैगरी काठमाडौँस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौँस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाँईलाई घातक रोग बिमा वापत जनही १० लाख रुपैयाँ प्रदान गरिएको बैङ्कले जनाएको छ । 

    लाभग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन् । 

    त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोल्नुभएका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोल्नु भएका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही १० लाख प्रतिव्यक्तिका दरले कुल ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो ।

    बैङ्कको बिमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैैंयाभन्दा बढी बिमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बिमा वापत ३३ बढीलाई ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बिमा वापत २६ बढीलाई २ करोड ६० लाख बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ ।

    यस बैङ्कले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाखसम्मको बिमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । 

    जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बिमा, १८ वटा घातक रोगहरूको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । 

    उक्त ८४ लाख बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाखको दुर्घटना बिमा, ४० लाखको घातक रोग बिमा र ४ लाखसम्मको औषधि उपचार बिमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म बिमा लाभ प्राप्त गर्न सक्नुहुनेछ ।

    एन आई सी एशिया बैङ्क मुलुकमा सबैभन्दा धेरै बैङ्किङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैङ्क हो । यस बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

    देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैङ्क सफल भएको छ । 

    देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैङ्किङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैङ्क सफल भएको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 

    देशको कुल जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैङ्कले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार