images
images

आयोगको सिफारिस : पर्वतका स्थानीय तहले ६३ करोड समानीकरण अनुदान पाउने, कुन पालिकाले कति ?

आयोगको सिफारिस : पर्वतका स्थानीय तहले ६३ करोड समानीकरण अनुदान पाउने, कुन पालिकाले कति ?

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • images
    images
    आयोगको सिफारिस : पर्वतका स्थानीय तहले ६३ करोड समानीकरण अनुदान पाउने, कुन पालिकाले कति ?

    पर्वत / राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पर्वतका स्थानीय तहलाई रु ६३ करोड ७१ लाख अनुदान पठाउन सरकारलाई सिफारिस गरेको छ । 

    images
    images

    नेपाल सरकारबाट हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्थानीय तहले आफैँ बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्नेछन् । अनुदान सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान गरेर तीनवटा शीर्षकमा विभाजन गरिएको आयोगले जनाएको छ । 

    पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा धेरै कुश्मा नगरपालिकाले पाउने भएको छ  । कुश्मा नगरपालिकाले रु १२ करोड ६६ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको हो । न्यूनतम अनुदान रु तीन करोड ५० लाख, सूत्रमा आधारित अनुदान रु आठ करोड ८० लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ३६ लाख पाउने भएका छन् ।

    त्यसैगरी, मोदी गाउँपालिकाले रु नौ करोड ६ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ जसमा न्यूनतम अनुदान रु तीन करोड, सूत्रमा आधारित अनुदान रु पाँच करोड ६१ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ४५ लाख छ । 

    जलजला गाउँपालिकाले रु नौ करोड ३८ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ  । पालिकाले न्यूनतम अनुदान रु तीन करोड २५ लाख, सूत्रमा आधारित अनुदान रु पाँच करोड ६८ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ५४ लाख पाउने छन् । 

    फलेवास नगरपालिकाले रु नौ करोड ८७ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । नगरले न्यूनतम अनुदान रु तीन करोड २५ लाख, सूत्रमा आधारित अनुदान रु ६ करोड २२ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ३१ लाख पाउने भएको छ । 

    महाशिला गाउँपालिकाले रु सात करोड ११ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । महाशिलाले न्यूनतम अनुदान रु दुई करोड रु ७५ लाख, सूत्रमा आधारित अनुदान रु तीन करोड ७५ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ६१ लाख पाउने भएको छ ।

    यसैगरी, बिहादी गाउँपालिकाले रु सात करोड ६४ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । बिहादीले न्यूनतम अनुदान रु तीन करोड, सूत्रमा आधारित अनुदान रु चार करोड १४ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ५० लाख पाउने छ ।

    पैयूँ गाउँपालिकाले रु आठ करोड आठ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । पैयूँले न्यूनतम अनुदान रु तीन करोड, सूत्रमा आधारित अनुदान रु चार करोड ५७ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ५१ लाख पाउने भएको छ । 

    अनुदानसँगै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निर्धारण गर्ने बजेट वृद्धि हुने भएको छ । सङ्घीय सञ्चित कोषबाट सरकारले प्रदेश र स्थानीय तहलाई उनीहरुको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अनुदान तय गरी सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार