images
images

दोहा जाँदै गरेको निगमको जहाजमा समस्या, ४० मिनेट उडेर काठमाडौँ नै फर्कियो

दोहा जाँदै गरेको निगमको जहाजमा समस्या, ४० मिनेट उडेर काठमाडौँ नै फर्कियो

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • दोहा जाँदै गरेको निगमको जहाजमा समस्या, ४० मिनेट उडेर काठमाडौँ नै फर्कियो

    काठमाडौँ / नेपाल वायुसेवा निगमको काठमाडौंबाट दोहो उडेको एउटा वाइडबडी जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि ४० मिनेट उडेर काठमाडौँ नै फर्किएको छ ।

    images
    images

    बिहीबार राति निगमको वाइडबडी काठमाडौंबाट ७० नटिकल माइल (करिब १३० किलोमिटर) उडेपछि हाइड्रोलिकमा समस्या देखिएको थियो ।

    काठमाडौँबाट दोहा उडेको ए३३०–२०० नामक ९ एन एनएलवाई कलसाइनको जहाज बीचबाटोबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको थियो । 

    निगम प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार अल्फा लिमा यंकी (अन्नपूर्ण) को हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालकदलले १२ बजे राति उडेको वाइडबडीलाई काठमाडौँनै फर्काएका थिए ।

    आरए–२३९ उडान नम्बरको उक्त विमानबाट दोहा जाने २ सय ६५ यात्रुलाई राति ३ बजे निगमको अर्को वाइडबी अल्फा लिमा जुलु (मकालु) जहाजमा पठाइएको थियो । मकालुको शुक्रबार बिहान ८ बजे र दिउँसो १ः४५ बजे हुने दुवै उडानलाई मर्ज गरिएको दिल्ली उडान गर्ने तालिका थियो ।

    पुनका अनुसार प्राविधिक समस्या देखिएको जहाजको काठमाडौँमा मर्मत हुँदैछ । ‘केही घन्टामा जहाज रिलिज हुने छ,’ उनले भने,‘त्यो जहाजले दिउँसो १ः४५ को निर्धारित दिल्ली उडान गर्ने छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार