images
images

नेशनल हर्टीकल्चर एक्सपो भृकुटीमण्डपमा शुरु, बिदेशबाट फूल आयात गर्नु दुखदः मन्त्री शाह

नेशनल हर्टीकल्चर एक्सपो भृकुटीमण्डपमा शुरु, बिदेशबाट फूल आयात गर्नु दुखदः मन्त्री शाह

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • नेशनल हर्टीकल्चर एक्सपो भृकुटीमण्डपमा शुरु, बिदेशबाट फूल आयात गर्नु दुखदः मन्त्री शाह

    काठमाडौँ / नेशनल हर्टीकल्चर एक्सपो २०८० (राष्टिय बागवाणी प्रदर्शनी मेला) भृकुटी मण्डपमा शुक्रबारबाट शुरु भएको छ । 

    images
    images

    नर्सरी व्यवसायी संघले पहिलोपटक गरेको नेशनल हर्टीकल्चर एक्सपोको उद्घाटनमा बोल्दै वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले नेपालमा उत्पादीत फलफुल तथा नर्सरी जडीबुटी बिदेशमा निर्यात गर्ने गरी उत्पादन गर्न व्यवसायीहरुलाई सुझाएका छन् ।  

    नेपालको उत्पादन भन्दा बढी फूल तथा नर्सरी  धेरै गुणा बढी बिदेशबाट आयत गर्नुपर्ने अवस्था दुखद भएको  बन मन्त्री शाहले बताए । 

    ‘नर्सरी तथा फलफुल व्यवसायलाई सरकारी तवरबाट खासै सहयोग छैन नर्सरी ब्यवसाय कृर्षि पर्यटन र बन मन्त्रालय भित्र पर्ने भएकाले अब छिटै तिनैवटा मन्त्रालयको समन्वयमा बैठक बसी समस्या समाधन गर्नेछु’, मन्त्री शाहले भने । 

    पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रबिन्द्र थापाले बार्षिक रुपमा साढे तिन अर्ब पुष्प र आलंकारीक बिरुवाहरुको बार्षिक कारोवार नेपालमा भैरहेको तथ्यांक प्रस्तुत गर्दै  फलफुल तथा कृर्षि बन जडीबुटी उत्पादनमा व्यवसायीहरुलाई सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताए । 

    कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले फलफुल नर्सरी ब्यवसायबाट रोजगार सृजना गर्न र व्यवसायलाई प्रबद्र्धन गर्न सरकारले ध्यान नदिएको बताए । 

    वनस्पति बिभागका महानिर्देशक डा संजिव कुमार राईले नर्सरी फलफुल बिदेशबाट आयातित हुनु भन्दा पनि नेपालबाट निर्यात हुने गरी उत्पादन गर्न सबै विभागको समन्वय हुनु पर्ने बताए । 

    राष्टिय किसान आयोगका प्रेम दंगालले कृर्षि तथा फलफुल नर्सरी व्यवसाय प्रद्र्धन गर्नका लागि कृषि नीतिमा नै समस्या रहेकाले परिमार्जन गर्नुपर्ने बताए । 

    कार्यक्रममा नर्सरी ब्यवसायीसंघका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामजी कुवरले मेलामा देशैभरीबाट पुष्प  फलफुल,कृर्षि बन तथा जडीबुडी नर्सरीको ७ सय भन्दा बढी प्रजातीका बोट बिरुवाहरु प्रदर्शनी र बिक्री बितरणका लागि राखीएको जानकारी गराए ।

    मेलामा मलखाद अर्गानिक एवं रासायनिक विषादी  बिउ विजन औजार उपकरण तथा प्रबिधिहरुको स्टल राखिएको संघका अध्यक्ष रामजीप्रसाद तिमिलसिनाले बताए ।  नर्सरी व्यवसायीका साथै आम उपभोक्ताहरुलाई जोड्न मेलाले सहयोग पुग्ने उनको भनाई थियो ।  

    कार्यक्रममा दिर्घकालीन नर्सरी व्यसायी सम्मान २०८० बाट हेमकान्त तिमल्सिना र बिशेष उत्पादक नर्सरी ब्यवसायी सम्मानबाट शिव बहादुर खड्कालाई सम्मानीत गरीएको थियो । 

    संचार क्षेत्रबाट रातोपाटीकी शरीता थारु र कृर्षि अनलाईनका प्रधानसम्पादक बैकुण्ठ प्रसाद भण्डारीलाई  नगद सहित पुरस्कृत गरीएको थियो । 

    त्यसै गरी  नर्सरी व्यवसायीहरुलाई प्रोत्साहनको लागि विभिन्न सात बिधामा प्रतिस्पर्धा गराएर नगदसहित पुरस्कृत गरीएको थियो । 

    नेशनल हर्टिकल्चर एक्सपो नेपालमा पहिलो पटक भएको हो मेला चैत्र १९ गतेसम्म भृकुटी मण्डपको एक्जुबिसन हलमा चल्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार