images
images

‘स्वाति’द्वारा दिगो जैविक खेति सम्बन्धि सचेतना तथा भर्मीकम्पोष्ट उत्पादन प्रशिक्षण

‘स्वाति’द्वारा दिगो जैविक खेति सम्बन्धि सचेतना तथा भर्मीकम्पोष्ट उत्पादन प्रशिक्षण

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • ‘स्वाति’द्वारा दिगो जैविक खेति सम्बन्धि सचेतना तथा भर्मीकम्पोष्ट उत्पादन प्रशिक्षण

    काठमाडौँ / ‘दिगो जैविक खेतिमा परम्परागत बिधि सम्बन्धि क्षमता अभिबृद्धि (जलवायु संरक्षण परियोजना’ अन्तर्गतको ‘लर्निङ सेन्टर’को उद्घाटन गरिएको छ । 
    शनिबार एक कार्यक्रमको आयोजना गरी ‘स्वाती’ले विश्व बिकास कोष तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको साना अनुदान कार्यक्रमको सहयोग साथै उर्लाबारी नगरपालिका र सिसौली फार्मसँगको सहकार्यमा सञ्चालन भइरहेको ‘लर्निङ सेन्टर’को उद्घाटन गरिएको हो । 

    images
    images

    उर्लाबारी नगरपालिकाकी उपमुख मिना कुमारी खतिवडा, उर्लाबारी नगरपालिकाका ४ का अध्यक्ष कल्याण राई, सदस्यहरूले संयुक्त रूपमा उक्त सेन्टरको उद्घाट्न गरेका हुन् । 

    “लर्निङ सेन्टरको स्थापनाले हामी निकै उत्साहित छौँ। यहाँ किसानहरूलाई मैसम सम्बन्धि जानकारी, माटोको स्वास्थ्यको बारेमा जानकारी र जलवायु परिपालनशील हुनाका लागि जैविक खेति र कृषि विधिहरूका बारेमा जानकारी प्रदान गर्ने काम हुनेछ,” स्वातिकी संस्थापक अध्यक्ष संगिता निरौलाले भनिन् । 

    उक्त अध्ययन केन्द्रले किसानहरूलाई जलवायु परिपालनशील बनाउने दृष्टिकोणबाट स्थानीय किसानहरूलाई नियमित रूपमा भेट्ने र उहाँहरुको अनुभव र समस्याहरुको छलफल गर्ने साझा ठाउँ प्रदान गर्ने उनले बताइन् । 

    सो अवसरमा दिगो जैविक खेति र ‘भेर्मीकम्पोस्ट’ उत्पादन सम्बन्धि चार दिने सचेतना तथा प्रशिक्षण कार्यक्रमको शुभारम्भ पनि गरिएको थियो। 

    उक्त सचेतना तथा प्रशिक्षण कार्यक्रमको बारेमा उर्लाबारी नगरपालिकाकी उप(प्रमुख खतिवडाले दिगो जैविक खेतिले ठुलो महत्त्व राखेको र सकारात्मक प्रभाव पार्ने बताइन् । 

    परम्परागत खेति सम्बन्धि ज्ञान र जैविक मलको प्रयोग गर्दै आएकोमा पछिल्लो समय रासायनिक मल र विषादीको बढ्दो र अनियमित प्रयोगले  माटोको उर्वराशक्ति चिन्ताजनक रूपमा घटिरहेको नगरपालिका उप–प्रमुख खतिवडाले भनिन् । 

    यसले रोगहरूको जोदिम बढेको बताउँदै उनले भनिन्, “अब हामीले जतिसक्दो परम्परागत र दिगो जैविक खेतिलाई प्रोत्साहित गरि आगामी दिनहरूमा यस उर्लाबारी नगारपालिकालाई दिगो जैविक खेतिको एक नमूना नगरपालिका बनाउन हाम्रो सहयोग र संलग्नता रहने प्रतिबद्धता गर्दछु ।”

    त्यस्तै, उर्लाबारी नगरपालिका वार्ड ४ का अध्यक्ष राइले रासायनिक मल र बिषादीको अत्यधिक प्रयोगले गर्दा ठुलो स्वास्थ्य संकट सामना गरिरहेको  बताए । 


    उर्लाबारी नगरपालिकाको प्राबिधिक सहयोग अन्तर्गत कृषि इकाई प्रमुख अम्बिका प्रसाद लुइटेलले र ‘स्वाति’का कार्यक्रम प्रमुख आभाष निरौलाले सहभागीहरूलाई दिगो जैविक खेतिका बारेमा जानकारी प्रदान गर्दै भर्मीकम्पोष्ट तालिमको बारेमा जानकारी दिए । 

    २२ वर्ष पछि ‘स्वाति’ले नेपालका विभिन्न भागहरूमा स्थानीय समुदायहरूसँग विभिन्न सामाजिक–आर्थिक र पर्यावरणीय समस्याहरूको समाधानमा काम गरेको संस्थाकी अध्यक्ष निरौलाले बताइन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार