images
images

निजी क्षेत्र आत्तिए राजस्व सङ्कलन प्रभावित हुन्छ र सरकार चलाउन मुस्किल पर्छ : अध्यक्ष ढकाल

निजी क्षेत्र आत्तिए राजस्व सङ्कलन प्रभावित हुन्छ र सरकार चलाउन मुस्किल पर्छ : अध्यक्ष ढकाल

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • निजी क्षेत्र आत्तिए राजस्व सङ्कलन प्रभावित हुन्छ र सरकार चलाउन मुस्किल पर्छ : अध्यक्ष ढकाल

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा भएको गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

    images
    images

    गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले बताए । महासङ्घको विधानमा बार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे ।

    ढकालले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासङ्घको वार्षिक साधारण सभा आयोजना गर्ने बताए । उनले महासङ्घको अध्यक्षको हैसियतमा पहिलो वर्ष नै संकटग्रस्त अर्थतन्त्रको सुधार, लगानी प्रववर्द्धन र निजी क्षेत्रलाई प्रतिष्ठा प्रदान गर्न धेरै पहल गरेको बताए ।

    विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्ने उनको सुझाव छ । 

    लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको बताउँदै उनले भने, “उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नु परेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने कुरा सम्बन्धित निकायले बुझेका छैनन् ।”

    राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थालेको अध्यक्ष ढकालले बताए । बजार अनुगमन बढेको गुनासो आइरहेको भन्दै उनले नियम विपरीत काम नगर्न व्यवसायीलाई आग्रह गर्दै निजी क्षेत्रलाई आतङ्कित नगर्न सरकारसँग आग्रह गरे ।

    “निजी क्षेत्रको आत्तिइरहने हो भने राजस्व सङ्कलन प्रभावित हुने र सरकार चलाउन गाह्रो हुन्छ । यस वर्षको वार्षिक साधारण सभामा हामीले सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई आमन्त्रण गरेका छौँ र राम्रो व्यापारिक वातावरणका लागि हामी उहाँहरूको प्रतिबद्धता खोज्नेछौँ,” अध्यक्ष ढकालले भने । 

    उनले चाँडै लगानी कम्पनी खोल्ने तर त्यो महासङ्घको स्वामित्वमा नहुने जानकारी दिए । ढकालले भने, “हामी लगानी कम्पनी स्थापना र प्रवर्द्धन गर्न प्रारम्भिक पहल मात्र गर्नेछौँ । मुलुकभरका व्यवसायीलाई एकै ठाउँमा ल्याउने पहल भएको र पछि व्यावसायिक रूपमा सञ्चालन गरिनेछ ।” गैरआवासीय नेपाली तथा अन्य निजी क्षेत्रका संस्थाले पनि यसमा लगानी गर्न सक्ने उनले बताए ।                     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार