images
images

लक्ष्मी सनराइज बैङ्कद्वारा लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

लक्ष्मी सनराइज बैङ्कद्वारा लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • लक्ष्मी सनराइज बैङ्कद्वारा लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

    काठमाडौँ / लक्ष्मी सन्राइज बैङ्कले ‘स्पार्क २४ : इम्पारिङ वुमन इन लिडरसिप-इन्स्पायर इन्क्लुजन’ कार्यक्रम सम्पन्न गरेको छ । बैङ्कले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै सो कार्यक्रमको आयोजना गरेको हो । 

    images
    images

    उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषकी आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठकलगायतका वक्ताहरूले महिला नेतृत्व र सशक्तिकरणको बारेमा धारणा राखेका थिए । 

    कार्यक्रमको समापन मन्तव्यमा लक्ष्मी सन्राइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैङ्कका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शाररििक सुस्वास्थ्य सुनिश्चित गर्न बैङ्क प्रतिबद्ध रहेको बताए । 

    यस पहलमा वृहत मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्था लगायतका योजनाहरू समावेश छन् ।

    साथै उनले महिलाहरूलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैङ्क प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीतिमार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गरे।

    बैङ्कमा लैङ्गिक प्रतिनिधित्त्व वृद्धि गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै सक्षम र योग्य महिला जनशक्तिको व्यावसायिक वृद्धि र उन्नतिलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न पहलहरू कार्यान्वयन गर्न जारी राख्दै भविष्यमा कर्मचारीहरूको निम्ति संस्थाले प्रदान गर्नुपर्ने हेरचाह र उपयुक्त समयको व्यवस्थापनमा तयार रहने बताए । 

    पछिल्लो तथ्याङ्क अनुसार नेपाली बैङ्कहरूको समग्र महिला कर्मचारी टनओभर रेसियो ७ प्रतिशत रहेकोमा लक्ष्मी सन्राइज बैङ्कको १ प्रतिशत भन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैङ्कको प्रयासको सकारात्मक परिणामहरू झल्काउँछ।

    हाल बैङ्कको ३६ प्रतिशत जनशक्ति महिला छन् भने महानगरहरूमा सो अनुपात ४५ प्रतिशत रहेको छ। 

    काठमाडौँ उपत्यका भित्रका बैङ्कका करिब ४० प्रतिशत शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन् भने बैङ्कको २५ प्रतिशत विभागको नेतृत्त्व महिलाहरूले गरिहेका छन्।

    सो कार्यक्रमको अन्त्यमा लैङ्गिक समावेशीता, समानता र सशक्तिकरण झल्काउन सबै सहभागीहरू मिली ‘आधुनिक मिथिला पेन्टिङ’ पनि बनाइएको थियो । 

    बैङ्कको ‘स्पार्क २४ ः इम्पारिङ वुमन इन लिडरसिप–इन्स्पायर इन्क्लुजन’ कार्यक्रमले एक वार्षिक परम्पराको सुरुवात गरेको छ, जसले सकारात्मक परिवर्तनलाई अगाडि बढाउने र सबैका लागि थप समावेशी र समतामूलक भविष्य निर्माण गर्ने बैङ्कको प्रतिबद्धतालाई सुदृढ पारेको बताइएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार