चर्चित समाचार
  • ग्रील तथा स्टिल व्यवसायी फुटबल प्रतियोगिता सम्पन्न, सानो भर्याङ ठुलो भर्याङ इकाई समिति विजयी

    ग्रील तथा स्टिल व्यवसायी फुटबल प्रतियोगिता सम्पन्न, सानो भर्याङ ठुलो भर्याङ इकाई समिति विजयी

    आइतवार, चैत १८ २०८०
    आइतवार, चैत १८ २०८०
  • ग्रील तथा स्टिल व्यवसायी फुटबल प्रतियोगिता सम्पन्न, सानो भर्याङ ठुलो भर्याङ इकाई समिति विजयी

    काठमाडौँ / ग्रील तथा स्टील ब्यवसायी सङ्घ काठमाडौँ पूर्वी क्षेत्रको आयोजनामा ‘ग्रील तथा स्टिल व्यवसायी फुटबल प्रतियोगिता २०८०’ सम्पन्न भएको छ । बिहबिार सम्पन्न प्रतियोगितामा पश्चिम क्षेत्र अन्तर्गत सानो भर्याङ ठुलो भर्याङ इकाई समिति विजेता भएको छ भने कपन इकाई समिति उपविजेता बनेको छ । 

    आम ग्रील तथा स्टील ब्यवसायीहरूको मनोवल उच्च बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै ग्रील तथा स्टील ब्यवसायी महासङ्घका अध्यक्ष ठूलोबावु श्रेष्ठले आयोजक ग्रील तथा स्टील ब्यवसायी सङ्घ काठमाडौँ पूर्वी क्षेत्रलाई धन्यवाद ज्ञापन गरे । साथै उनले महासङ्घ मातहतका सबै सङ्गठनहरूले आयोजना गर्ने अतिरिक्त कार्यक्रमहरूमा साथ र सहयोग गर्न महासङ्घ तयार रहने समेत प्रतिबद्धता जनाए । 

    5.jpg

    प्रतियोगितामा विजयी समूह सानो भर्याङ ठुलो भर्याङ इकाई समितिले ३५ हजार रुपैयाँ नगद, प्रमाणपत्र, ट्रफि र मेडल प्राप्त गरेको छ भने उपविजेता कपन इकाई समितिले २० हजार रुपैयाँ नगद, प्रमाणपत्र, ट्रफि र मेडल प्राप्त गरेका छन् । 

    प्रतियोगिता बुढानीलकण्ठ नगरपालिका कपन, बालुवाखानीमा रहेको कपन स्पोर्टसको फुटसल ग्राउण्डमा सञ्चालन भएको हो । 

    प्रतियोगितामा धेरै टिम सहभागि भएकोले नकआउटको आधारमा खेल खेलाइएको आयोजकले जनाएको छ । 

    4.jpg

    प्रतियोगितमा १५ ओटा टिम सहभागी भएका थिए । चैत १४ गते बुधबार सुरु भएको प्रतियोगितामा ग्रील तथा स्टील व्यवसायी सङ्घ काठमाडौँ पश्चिम क्षेत्र र पाँच वटा ईकाई समितिको सहभागिता आयोजक ग्रील तथा स्टील ब्यवसायी सङ्घ काठमाडौँ पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीले जानकारी दिए । 

    2.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार