images
images

निगमले प्रतिलिटर चार रुपैयाँले बढायो पेट्रोलको भाउ, कति पुग्यो ?

निगमले प्रतिलिटर चार रुपैयाँले बढायो पेट्रोलको भाउ, कति पुग्यो ?

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • निगमले प्रतिलिटर चार रुपैयाँले बढायो पेट्रोलको भाउ, कति पुग्यो ?
    काठमाडौँ / पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ रुपैयाँ पुगेको हो । 
     
    नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागु हुनेछ । 
     
    निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । 
     
    निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
     
    पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ ।  
     
    यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर एक सय ७४ रुपैयाँ मूल्य कायम गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार