images
images

चीनका सहरमा लगानी बोर्डको प्रि-इभेन्ट सेमिनार, लगानीका क्षेत्र र नीतिबारे जानकारी

चीनका सहरमा लगानी बोर्डको प्रि-इभेन्ट सेमिनार, लगानीका क्षेत्र र नीतिबारे जानकारी

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • चीनका सहरमा लगानी बोर्डको प्रि-इभेन्ट सेमिनार, लगानीका क्षेत्र र नीतिबारे जानकारी

    काठमाडौँ /नेपालले आयोजना गर्ने तेस्रो लगानी सम्मेलनका लागि चीनमा लगानी बोर्डले प्रि-इभेन्ट सेमिनार आयोजना सम्पन्न गरेको छ। लगानी बोर्डसँगको सहकार्यमा नेपाली राजदूतावास, बेइजिङ तथा हङकङ, छेङ्दु र ग्वान्जाओस्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म चीनका विभिन्न सहरमा प्रि-इभेन्ट गरेको हो।

    images
    images

    लगानी बोर्ड नेपालका अनुसार मार्च २३ देखि २९ सम्म चीनको विभिन्न शहरमा आयोजना भएको सम्मेलनको प्रि-इभेन्ट सम्बन्धि ५ वटा छुट्टाछुट्टै सेमिनारमा बोर्डले सहभागिता जनाएको हो । 

    आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गरी चिनियाँ सरकारी निकाय, चिनियाँ लगानीकर्ता र च्याम्बरका प्रतिनिधि तथा गैरआवासीय नेपाली लगायतलाई लक्षित गरी आयोजना गरिएको ती कार्यक्रममा लगानी सम्मेलनको उद्देश्य, लगानीको वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानुनी सुधारका प्रयास, लगानीका अवसर र सम्भाव्य परियोजनाको बारेमा जानकारी दिइएको छ ।

    गत मार्च २३ मा हङकङस्थित महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रममा महावाणिज्यदूत उदय राना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुतीकरण दिएका थिए भने लगानी बोर्डको कार्यालयका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले नेपालमा रहेका लगानीका अवसर र आगामी लगानी सम्मेलनको विषय समेटिएको प्रस्तुतीकरण गरेका थि । 

    सो क्रममा बोर्डको कार्यालयका प्रवक्समेत रहेका सहसचिव उपाध्यायले नेपालमा रहेको लगानीको प्रचुर सम्भावनाको खोजी गरी उपस्थित सहभागीलाई नेपालमा लगानीको लागि आहृवान गरेका थिए । सो कार्यक्रमा हङकङ र मकाउका स्थानीय व्यवसायी, च्याम्बरका प्रतिनिधि तथा गैर आवासीय नेपालीसहित १ सयभन्दा बढी सहभागी थिए ।

    त्यसैगरी मार्च २५ मा छेङ्दुस्थित महावाणिज्यदूतावासले आयोजना गरेको अर्को कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा रहेको लगानीको वातावरण र लगानीको अवसर, सार्वजनिक निजी साझेदारीका परियोजना र ठूला लगानीको सहजीकरण गर्न स्थापित लगानी बोर्डको संस्थागत विकासका लागि भएका प्रयास र परियोजना विकास र व्यवस्थापनका क्षेत्रमा लगानी बोर्डले चालेका कदमहरुको बारेमा जानकारी दिँदै आगामी महिना आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि अनुरोध गरेका थिए । 

    भट्टले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानी बोर्ड लगानीकर्ताहरुलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको विषय जानकारी गराए । उक्त कार्यक्रममा लगानी बोर्डको कार्यालयका उपसचिव रमेश अधिकारीले विदेशी लगानीको प्रक्रिया र लगानीसँग सम्बन्धित मुख्य मुख्य कानूनका प्रावधानहरु समेटिएको एक प्रस्तुतीकरण गरेका थि ।

    यसैगरी बेइजिङस्थित नेपाली दूतावासले मार्च २६ मा आयोजना गरेको प्रि–इभेन्ट सेमिनारलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको चर्चा गर्दै नेपालमा रहेका तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरुमा लगानी गर्न आहवान गरे । 

    कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपप्रधानमन्त्री श्रेष्ठले आगामी महिना आयोजना हुने लगानी सम्मेलन नेपालमा रहेको लगानीको वातावरण र अवसरहरुको विषयमा जानकारी लिने उपयुक्त अवसर भएकोले सहभागिताका लागि उपस्थित सहभागीलाई अनुरोध गरे । 

    सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले चिनियाँ लगानीकर्तालाई आगामी लगानी सम्मेलनमा सहभागी भई नेपालमा लगानीका लागि आहवान गरेको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । 

    सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा लगानीको वातावरण सम्बन्धमा संक्षिप्त सिंहावलोकन प्रस्तुत गर्दै लगानीका आकर्षक क्षेत्रहरू स्वच्छ र नवीकरणीय ऊर्जाका साथै भौतिक पूर्वाधार, पर्यटन, सूचना प्रविधि, कृषि प्रशोधन, उत्थानशील सहरी पूर्वाधार, खानी तथा खनिज परियोजनामा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरे ।

    चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल चिनियाँ लगानीकर्ताको रोजाइको गन्तव्य भएकाले लगानी सम्मेलनमा चीनबाट उल्लेख्य सहभागीता र लगानी प्रतिवद्धता पनि प्राप्त हुने विश्वास गरेका थिए ।

    त्यस्तै चाइना चेम्बर अफ इन्टरनेसनल कमर्सका उप-महासचिव सु लियाङले नेपालले आर्थिक वृद्धि र समृद्धिको आकांक्षासहित विदेशी लगानी आकर्षित गर्न गरिरहेको कार्यको प्रशंसा गर्दै चिनियाँ लगानीले उक्त आकांक्षा पूरा गर्न मद्दत गर्ने बतारे ।

    दूतावाससँगकै सहकार्यमा मार्च २८ मा चीनको जेनजियाङ राज्यको यिवुमा आयोजना गरिएको अर्को कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाललाई उत्कृष्ट लगानी गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलनका मुख्य आकर्षणहरु, साइड इभेन्ट र जीटुजी, जीटुबी, बीटुबीको सम्भावनाको विषयमा जानकारी गराएका थिए । 

    यिवु सीपीपीसीसीका उपाध्यक्ष लाओ सियाजुङले यिवुको विकासबाट नेपालले समेत शिक्षा लिन सक्ने विषय जानकारी गराउँदै चिनियाँ लगानीकर्तालाई नेपालमा रहेका लगानीका अवसरको खोजी गरी लगानी गर्न प्रेरित गरे । 

    सो अवसरमा ब्यूरो अफ कमर्सका डेपुटी डाइरेक्टर जु जियान्ताङले यिवुको आयात निर्यात र विश्व व्यापारमा यिवुको उपस्थितिको बारेमा संक्षिप्त जानकारी दिएका थिए भने अर्का एक अधिकारीले नेपालमा लगानी गर्दाको अनुभव सुनाएका थिए । 

    कार्यक्रममा यिवु मुनिसिपल पिपुल्स गभर्मेन्ट, यिवुका व्यवसायीहरू, नेपाली समुदायका प्रतिनिधि, नेपाली दूतावासका अधिकारी तथा सञ्चारमाध्यम लगायत १ सय भन्दा बढीको सहभागिता थियो ।

    मार्च २९ मा अन्तर्राष्ट्रिय व्यापार प्रबर्धनका लागि चाइना काउन्सिल (सीसीपीआईटी)को सहकार्यमा ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको नेपाललाई लगानीको गन्तव्य बनाउने विषयक कार्यक्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सहसचिव तथा लगानी सम्मेलन सचिवालयका सदस्य नमराज घिमिरेले नेपालमा विदेशी लगानीका सम्भावित क्षेत्र तथा परियोजनाका विषय र नेपालको समग्र लगानी वातावरणका विषय समेटेर सम्बोधन गरेका थिए । 

    कार्यक्रममा सीसीपीआईटफका उपाध्यक्ष सुइ शुआङले चिनियाँ व्यवसायीहरु नेपालमा लगानी गर्न उत्साहित रहेको र लगानी सम्मेलनमा विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहने जानकारी गराइन् । कार्यक्रममा विभिन्न क्षेत्रका चिनियाँ अग्रणी उद्यमी व्यवसायीहरु तथा गैरआवाशीय नेपाली व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार