images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न किन रोक लगायो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न किन रोक लगायो ?

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न किन रोक लगायो ?

    काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु–जिरो) बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ ।

    images
    images

    अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो–टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुनेछ ।

    काठमाडौँ विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी(वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु–जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी दिए । 

    यसबाट पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछ भने दक्षिण तर्फको रनवेमा चाप थपिने भएको छ । यस्तो रोक अनुमानित तीन महिनाका लागि भएको तिवारीले बताए ।

    उनका अनुसार उत्तरतर्फको काम सकिएपछि दक्षिणतर्फ यसैगरी निर्माणको काम हुनेछ । विमानस्थलको क्षमता अभिवृद्धिका लागि यो निर्माण गर्न लागिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार