images
images

सिटिजन्स बैङ्कद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, तीन सय बढी लाभान्वित

सिटिजन्स बैङ्कद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, तीन सय बढी लाभान्वित

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • सिटिजन्स बैङ्कद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, तीन सय बढी लाभान्वित
    काठमाडौँ / सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले १७ औँ बार्षिकोत्सवलाई मध्यनजर गर्दै मिति चैत १७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । बैङ्कले गण्डकी प्रदेशअन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
     
    बैशाख ७ गते बैङ्कको बार्षिकोत्सव मनाउने तयारी गरिरहेको बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानिय बेनी सञ्जिविनी हेल्थ क्लिनिक संगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरको छ । 
     
    यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानिय जि.पि.मेमोरियल नर्सिङ होम संगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरूमा करिब ३०० जना भन्दा बढी व्यक्तिहरूले सेवा प्राप्त गरेका थिए । 
     
    बैङ्कले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरूप शिविरको आयोजना गरिएको हो ।
     
    निकट भविष्यमा पनि बैङ्कले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरू  मार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । 
     
    सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बैङ्कले आगामी दिनहरूमा अन्य सशक्त ढङ्गबाट सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ । 
     
    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैङ्किङ्ग ईकाईहरूबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैङ्किङ्ग सेवाहरू प्रदानगर्दै आएको छ । 
     
    हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।
     
     
                                                                                      
     
     
                                                                 
      
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार