images
images

नेपाल टेलिकमको कपर प्रविधि बन्द, सबै सेवा अब एफटीटीएचमा

नेपाल टेलिकमको कपर प्रविधि बन्द, सबै सेवा अब एफटीटीएचमा

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • नेपाल टेलिकमको कपर प्रविधि बन्द, सबै सेवा अब एफटीटीएचमा

    काठमाडौं / नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पीएसटीएन) सेवालाई फाइबर टू दी होम (एफटीटीएच)प्रविधिमा स्तरोन्नति गरेको छ ।

    images
    images

    बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी सो सेवा बन्द गरेकी हुन् ।

    कपर प्रविधिबाट वितरित टेलिफोन तथा एसडीएसएल लाइनहरु पूर्णरुपमा आधुनिक फाइबर प्रविधिको एफटीटीएच नेटवर्कमा माइग्रेसन सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा प्रमुख अतिधि रहेकी प्रबन्ध निर्देशक अर्यालले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको मागअनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् ।

    एफटीटीएचमा माइग्रेसन भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवासमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार