images
images

एनआइसी एशिया बैङ्कले कर्जा ग्राहकहरूलाई विशेष छुट दिने, वित्तीय भार कम गर्न सहयोग पुग्ने

एनआइसी एशिया बैङ्कले कर्जा ग्राहकहरूलाई विशेष छुट दिने, वित्तीय भार कम गर्न सहयोग पुग्ने

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • एनआइसी एशिया बैङ्कले कर्जा ग्राहकहरूलाई विशेष छुट दिने, वित्तीय भार कम गर्न सहयोग पुग्ने

    काठमाडौँ / एनआईसी एशिया बैङ्कले चैत मसान्तसम्म कर्जाको ब्याज, किस्ता तथा सम्पूर्ण कर्जा चुक्ता गर्ने ग्राहकहरूलाई छुट प्रदान गर्ने भएको छ । ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैङ्किङ्गको अभ्यास गर्दै आइरहेको बैङ्कले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैङ्कको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले यस्तो योजना ल्याएको हो । 

    images
    images

    बैङ्कका अनुसार २०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाहरूको हकमा सम्वन्धित ऋणीले चैत मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रूपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै चैत मसान्तसम्म पूर्ण रूपमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत छुट पाइनेछ । 

    चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा बैङ्कले छुट दिनेछ । बैङ्कले कमसल कर्जामा वर्गीकरण गरिएको कर्जामा १० प्रतिशत, शंकास्पद कर्जामा १५ प्रतिशत र खराब कर्जामा २० प्रतिशत छुट दिने भएको छ । 

    मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैङ्कबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूलाई बैङ्कले यस योजनामा सहभागी भई लाभ लिन आग्रह गरेको छ । 

    “यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैङ्कले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।” बैङ्कद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बैङ्कले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैङ्कले विश्वास लिएको छ ।” 

    एनआईसी एशिया बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

    देशको कुल जनसङ्ख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैङ्क सफल भएको छ ।

    देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैङ्किङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल  २३ अर्ब ७ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैङ्क सफल भएको छ । 

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैङ्कले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार