images
images

सूचना प्रविधि उद्योगको कर अनुपालना सम्बन्धमा तीन ओटा संस्थाको ध्यानाकर्षण : कानुन विपरितको गतिविधिले चिन्तित छौँ

सूचना प्रविधि उद्योगको कर अनुपालना सम्बन्धमा तीन ओटा संस्थाको ध्यानाकर्षण : कानुन विपरितको गतिविधिले चिन्तित छौँ

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • सूचना प्रविधि उद्योगको कर अनुपालना सम्बन्धमा तीन ओटा संस्थाको ध्यानाकर्षण : कानुन विपरितको गतिविधिले चिन्तित छौँ

    काठमाडौँ / नासआईटी, सीएनआई र एमच्याम नेपालले पछिल्लो पटक सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा लगानीकर्ताहरूलाई दुरुत्साहित गर्ने तथा निजी क्षेत्रको मनोबल घटाउने गरी भएको गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज् (नासआईटी), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज् (नासआईटी)ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । 

    images
    images

    तीन ओटै संस्थाका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा कर लगायतका विषय कानूनी दायराभित्र रही कानुनमा तोकिए बमोजिम तथा हालसम्म गर्दै आएको कर व्यवहार समेतको वर्खिलाप हुने गरि फरक रूपमा नयाँ प्रयोगात्मक स्वरूपमा व्याख्या गरी अनावश्यक रूपमा यी उद्योगहरूलाई असामान्य शीर्षकमा आर्थिक दायित्व बढाउने प्रयत्न सरकारी तहबाटै हुनु दुःखद् भएका बताइएको छ । 

    “यस्ता कार्यले समग्र सूचना प्रविधिसँग सम्बन्धित उद्योगलाई धराशायी बनाउने हुँदा गम्भिर हुन सरोकारवाला सबैलाई हार्दिक अनुरोध गर्दछौं । त्यसमाथि पनि अनाहकमा यस क्षेत्रमा क्रियाशील कम्पनी उपर फौजदारी प्रकृतिको कारबाही लागु गराउनु दुर्भाग्यपूर्ण छ । प्रचलित कर कानून र व्यवहार भन्दा फरक गतिविधिले हामीलाई चिन्तित बनाएको छ,” विज्ञप्तिमा उल्लेख छ । 

    नेपालमा सम्भावित लगानीको अवसरलाई खुम्चाई प्रविधी हस्तान्तरणको कार्य रोकिने, भइरहेका एवं अब हुने रोजगारी बन्द हुने, नेपालीको प्रतिस्पर्धी क्षमता घट्ने, राजस्व समेत प्रभावित भई नेपालको समग्र अर्थतन्त्रमा नराम्रो असर पर्नेतर्फ गम्भिर भई तत्काल आवश्यक निदानको खोजी गर्न समेत तीन संस्थाको आग्रह छ । 

    “नेपालको कर कानून समान रूपमा लागू हुनुपर्दछ र हरेक व्यक्ति तथा कम्पनी यसको परिधिभित्र रहनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ । तर, कर कानूनको गलत व्याख्या गरी/गराइ कसैलाई अनावश्यक तरिकाबाट कर लगाउनु, फौजदारी कारबाही चलाउनुले बिस्तारै बढ्ने क्रममा रहेको आइटी उद्योग र यसले रोजगारी सृजना र राजस्वमा गरेको योगदानमा असर पर्न जाने हुँदा सरकारी निकायबाट भएको अस्वाभाविक निर्णय तत्काल सच्चाई यस्ता उद्योग तथा विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानीको वातावरण रहेको आश्वस्त पार्न हामी अपिल गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । 

    उच्च महत्त्व र अपेक्षाका साथ नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा भएका यस्ता निर्णयले लगानीकर्तामाझ सकारात्मक सन्देश नजाने हुँदा आइटी उद्योगको अधिकतम हितको रक्षार्थ तथा कानूनी र नीतिगत स्पष्टता कायम गरि व्यावसायिक वातावरण बनाउन सरकारी एवं सरोकारवाला निकायहरूलाई नासआइटी, सीएनआई र एमच्याम नेपालको आग्रह छ । 

    नासआईटी, सीएनआई, एमच्याम नेपाल सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरुको प्रतिनिधित्व गर्ने संस्थाहरू हुन् । यी संस्थाहरूको आफ्ना सदस्यहरूसँग सम्बन्धित कुनै पनि कानूनी, नीतिगत तथा अन्य सामूहिक सवालहरूमा प्रत्यक्ष सरोकार राख्दै सहजीकरण गर्ने दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ ।

    नेपालको सूचना प्रविधि उद्योग शुरुवाती अवस्थामै रहेको र क्रमशः बिस्तारै अगाडि बढ्ने क्रममा रहेको छ । यस उद्योगसँग प्रत्यक्ष रूपमा विदेशी लगानी वा नेपालीलाई रोजगारी दिएका रोजगारदाताहरूको संलग्नता छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार