चर्चित समाचार
  • कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईको इनभिजन एजुकेसनको सहकार्यमा भिजि फाउन्डेसनद्वारा डिजिटल ल्याव निर्माण

    कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईको इनभिजन एजुकेसनको सहकार्यमा भिजि फाउन्डेसनद्वारा डिजिटल ल्याव निर्माण

    आइतवार, चैत २५ २०८०
    आइतवार, चैत २५ २०८०
  • कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईको इनभिजन एजुकेसनको सहकार्यमा भिजि फाउन्डेसनद्वारा डिजिटल ल्याव निर्माण

    काठमाडौँ / डिजिटलाइजेशनको द्रुत युगमा, प्रविधि र डिजिटल शिक्षा विद्यार्थीहरूको पहुँचको लागि महत्वपूर्ण भएको छ । स्थानीय सामुदायिक विद्यालयहरूमा डिजिटल एक्सपोजर ल्याउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै, कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईबाट इनभिजन एजुकेसन र भिजि फाउन्डेसन, परिवर्तनको लागि यस कार्यमा सामेल भएका छन् । 

    यस प्रयासले सबै विद्यार्थीहरू, उनीहरूको जस्तोसुकै पृष्ठभूमि भए पनि, आजको डिजिटल युगमा फस्टाउने अवसर सुनिश्चित गर्नका लागि महत्त्वपूर्ण कदमको रुपमा प्रतिनिधित्व गर्दछ । भिजि फाउन्डेसन र इनभिजन एजुकेसनको सहकार्यले नेपालका विद्यार्थीहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन र उज्ज्वल भविष्यको लागि मार्ग निर्देशन गरिरहेको छ । 

    शिक्षा क्षेत्रमा भएको प्राविधिक दरारलाई भर्दै दुई उच्च माध्यमिक विद्यालयका विद्यार्थी श्रेयस शर्मा र रुलिन ह्वाङले २०२२ मा एनभिजन एजुकेशनको स्थापना गरेका थिए ।

    “हामी डिजिटल साक्षरता र प्रबिधिबाट बन्चित विद्यार्थीहरूका लागि अवसरहरू ल्याउने यस्तो पहललाई अगाडि बढाउन चाहन्छौँ जसले टेक्नोलोजीमार्फत उनीहरूको शैक्षिक क्षितिज फराकिलो पार्दछ,“ सह-संस्थापक रुलिन हुआंगले बताए ।

    सांघाईमा अवस्थित, इनभिजन एजुकेशनमा स्टीभ यिन, एमी वाङ, पेनी किम, जोनाथन लुएथ र टोलीमा नयाँ सल्लाहकारहरूको रूपमा समर यू र जो फाम्ब्रो गरि ६ जना दूरदर्शी व्यक्तिहरू समावेश छन् । गत वर्ष, उनीहरूको पहिलो परियोजनाको रूपमा, उनीहरूले दक्षिणी चीनको गुआंगडोङ प्रान्तको Zhaoqing मा रहेको तानबो प्राथमिक विद्यालयलाई ६० वटा कम्प्युटरहरू सङ्कलन गरी प्रदान गरेका थिए ।

    इनभिजनको मूख्य उद्देश्य नेपालको विद्यालयहरूमा डिजिटल शिक्षा ल्याउनु रहेको छ - उनीहरूले भिजि फाउन्डेसनसँग आफ्नो पहलको सुरुवातदेखि साझेदारी गरेका थिए, तर कागजी कार्य र ढुवानीका चुनौतीहरूका कारण यस वर्षसम्म परियोजनामा ढिलाइ भयो । भिजि फाउन्डेसनका राहुल श्रेष्ठसँगको महिनौंको तयारी र समन्वयपछि,  इनभिजन टोली अन्ततः आफ्नो सपनालाई वास्तविकतामा रूपान्तरण गर्न सफल भएको छ ।

    “हामी यो प्रयोगशालामा आउनुअघि, विद्यार्थीहरूले कलम र कापीबाट डिजिटल साक्षरता सिकिरहेका थिए– विद्यार्थीहरूले कागजका टुक्राहरूमा एप्स र प्रोग्रामहरू कोर्ने गर्थे । हामीले डिजिटल ल्याब निर्माण गरेपछि, विद्यार्थीहरूको लागि सम्पूर्ण सिकाइ अनुभव नै परिवर्तन भएको छ ।” इन्भिजन एजुकेशनका सह-संस्थापक श्रेयस शर्माले भने ।

    विशाल गु्रप फाउन्डेसनले डिजिटल दरार भर्न र शैक्षिक उत्थान गर्नको लागि उचित दुईवटा लक्षित विद्यालयहरू, कोसेली स्कूल र लाइफ भिजन एकेडेमीलाई छनौट गरेको थियो । यी दुवै विद्यालयमा उपस्थिती निःशुल्क रहेको छ र यसअघि कोसेलीका ८२ जना र लाइफ भिजन एकेडेमीमा १०० विद्यार्थीका लागि एकदेखि दुईवटा कम्प्युटर मात्र उपलब्ध थियो । 

    इन्भिजन टोलीको आगमनसँगै, उनीहरूले विशाल समूहका उपाध्यक्ष त्रिलोक चन्द अग्रवाल र विशाल समूहका कार्यकारी निर्देशक तथा भिजी फाउन्डेशनका उपाध्यक्ष अर्पित अग्रवालसँग भेटघाट गर्ने अवसर पाए । 

    इन्भिजन टोलीले फराकिलो पेस्टल–प्याचवर्क भवनहरू र काठमाडौंको पहाडका चुचुराहरू र्हेर्दै उनीहरूको परियोजना भरि अमूल्य सहयोग र सेवाको लागि हार्दिक कृतज्ञताका साथ बधाई दिए ।  
    शिक्षण विधिहरूमा प्रविधिलाई सहज रूपमा एकीकृत गर्न सशक्त बनाउँदै शिक्षकहरूलाई अमूल्य प्रशिक्षण दिइएको थियो । सँगसँगै, उनीहरूको उज्वल भविष्यको लागि मार्ग सुनिश्चित गर्दै युवा मस्तिस्कहरू फस्टाउनका लागि समान अवसरहरू प्रदान गरियो । 
     
    कोसेली स्कुलमा हाम्रो दिन एक अद्भुत दिन थियो । कम्प्यूटर ल्याबको ढोका खोल्दा बच्चाहरूको उत्साहले कोठा भरियो । हामीले तिनीहरूलाई कम्प्युटरहरू कसरी खोल्ने भनेर सिकायौं, र अचानक तिनीहरूको आँखा अगाडि सम्भावनाहरूको सम्पूर्ण नयाँ संसार खुल्यो । प्रत्येक क्लिक र कोडको साथ, डिजिटल विभाजन हराउँदै गएको महसुस गरेका थियौँ । 

    विद्यार्थीहरूले हामीले उनीहरूलाई सिकाएको हरेक सीपलाई उत्सुकतापूर्वक आत्मसात गरे, सुन्दर डिजिटल कलाकृति सिर्जना गरे। त्यो दिन आनन्द, जिज्ञासा र शिक्षाको शक्तिले खाडललाई मेट्ने दिन थियो ।

    कोसेली स्कुलमा पढाउनु एउटा उल्लेखनीय अनुभव थियो । बच्चाहरूले उत्सुकतापूर्वक प्रविधिलाई अँगाले र तुरुन्तै कम्प्युटरका आधारभूत सीपहरूमा पोख्त भए । विद्यार्थीहरूले जीवन्त रंगहरू र जटिल विवरणहरूले भरिएको कलाहरू सिर्जना गरे । उनीहरूलाई अन्वेषण र सुन्दर डिजिटल कलाकृतिहरू सिर्जना गरेको देख्न पाउँदा खुसी लाग्यो ।

    ठूला विद्यार्थीहरूले पनि डिजिटल युगमा विश्वस्त पाइलाहरू लिएर कागजात निर्माण र टाइपिङ गर्न तर्फ लागे । भिजि फाउन्डेसन टोलीले हाम्रो साथमा अमूल्य सहयोग, चलचित्र खिच्ने र समस्या निवारण प्रदान गर्यो, जब कि कोसेली स्कूलका हेरचाह गर्ने शिक्षकहरूले भाषा अवरोधलाई पार गरेर अटल समर्थन प्रस्ताव गरे ।

    यी अविश्वसनीय बच्चाहरूमा लचिलोपन र सिक्ने उत्सुकता देख्नु अचम्मको थियो । तिनीहरूको चुनौतीपूर्ण परिस्थितिहरूको बावजुद, उनीहरूको मुस्कान र असिम क्षमताले हाम्रो हृदयलाई आनन्दले भरिदियो । यात्रा चुनौतीहरू बिना थिएन, तर यस्को पुरस्कार अतुलनीय थियो । 

    भिजी फाउन्डेसन र इन्भिजन एजुकेशन बिचको सहकार्यले काठमाडौँका विपन्न विद्यालयहरूलाई डिजिटल युगको सबैभन्दा महत्त्वपूर्ण उपकरणहरू प्रदान गरेको छ । यो पहल डिजिटल डिभाइडलाई पूरा गर्न गुणस्तरीय शिक्षामा पहुँच होस् भन्ने सुनिश्चित गर्नको लागि एक ठोस कदम सावित भएको छ ।

    बाल मस्तिष्कलाई सशक्तिकरण गर्दै, समुदायको लागि उज्यालो भविष्यको आकार दिनको लागि यो सहकार्य गरिएको हो । इन्भिजन एजुकेशन र भिजी फाउन्डेसनले डिजिटल डिभाइडलाई भर्न दुईवटा पुलहरू निर्माण गरेको छ जुन आशाको बलियो आधारको रूपमा खडा हुनेछ । युवा मस्तिष्कहरूलाई उनीहरूको उज्वल भविष्यसँग जोड्नेछ । 

    इनभिजन टोलीका सल्लाहकार, जो फाम्ब्रोले बताए । उनले भने, “इन्भिजन एजुकेशन टोलीले स्थापना गरेको कम्प्युटर प्रयोगशालामा, उत्सुक विद्यार्थीहरूलाई सिकाइने प्रत्येक पाठ केवल सिकाउने कार्य मात्र थिएन – यो डिजिटल डिभाइडलाई भर्ने पुलको स्पष्ट विस्तार थियो । प्रत्येक क्लिक र कोडको साथ, डिजिटल अन्तर मात्र साँघुरो भएन तर वास्तविक रुपमै हराउँदै गएको महसुस भयो ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार