images
Logo
images

ब्रिटिस कलेजले पाँचौँ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिता गर्दै

ब्रिटिस कलेजले पाँचौँ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिता गर्दै

शुक्रवार, भदौ १४ २०८१
शुक्रवार, भदौ १४ २०८१
  • images
    images
    ब्रिटिस कलेजले पाँचौँ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिता गर्दै
    images
    images

    काठमाडौँ / द ब्रिटिस कलेजले पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको आयोजना गर्ने भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले आयोजना गर्न लागेको प्रतियोगिता आउँदो आइतबारदेखि तीन दिनसम्म बालुवाटारस्थित ढुकु स्पोर्टस् हबमा हुन लागेको हो ।

    सन् २०१८ देखि निरन्तर रूपमा हुँदै आएको ब्रिटिस कपको यस संस्करणमा १९ टिमको सहभागिता रहेको छ । 

    लिगकम नकआउट संरचनामा हुने प्रतियोगिताको समूह ‘ए’मा आईएसएमटी कलेज, सनवे कलेज, काठमाडौँ विश्वविद्यालयको ‘ए’ टिम, काठमाडौँ विश्वविद्यालयको ‘बी’ टिम र द वेस्टमिन्स्टर कलेज रहेका छन् । समूह ‘बी’मा द ब्रिटिस कलेजको ह्वाइट टिम, द ब्रिटिस कलेजको ब्लु टिम, आईआईएमएस कलेज र न्याथम कलेज रहेका छन् ।

    त्यस्तै, समूह ‘सी’मा सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज र प्राइम कलेज रहेका छन् । समूह ‘डी’मा भेदास कलेव, ब्रिटिस प्रोफेशनल कलेज, थेम्स कलेज, एपेक्स कलेज र टेक्सपायर रहेका छन् ।

    प्रतियोगिताको हस्पिटालिटी पार्टनर गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनर ह्याम्स हस्पिटल, ट्राभल पार्टनर स्वा होलिडेज, र प्रिन्टिङ पार्टनर हलफ्याक्स रहेका छन् । त्यस्तै, द वेस्टमिन्स्टर कलेज, बिराटनगर सिटी फुटबल क्लब, बेटा नेटवर्क र डर्माभिस्टाले पनि प्रतियोगितालाई सहयोग गरेको छ ।

    प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेता टिमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र एउटा टिमले फेयर प्ले टिमलाई १० हजार रुपैयाँ पुरस्कार दिइने ब्रिटिस कलेजले जनाएको छ ।

    ‘पाँचौं संस्करणको प्रतियोगिता गर्न पाउँदा हामी निकै खुशी छौं । यस प्रतियोगिताको मूख्य उद्देश्य टिमवर्क र स्पोर्टस्म्यानसिपलाई प्रोत्साहित गर्नु हो,’ प्रतियोगिताबारे ब्रिटिस कलेजका मार्केटिङ हेड, अमरदीप मण्डलले भने, ‘हामीले प्रतियोगितालाई अझै परिस्कृत गर्दै लगेका छौँ । प्रतियोगिताको आयोजनाको लागि सहयोग गर्नुहुने सबै प्रायोजकहरूलाई, सहभागी टिमहरु र ब्रिटिस कलेजका सहकर्मीहरूलाई म धन्यवाद दिन चाहन्छु । आशा छ भेन्यूमा उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहनेछ ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com