images
images

सेयर बजारमा हरियाली : नेप्से परिसूचकमा २२.७५ अङ्कको बढोत्तरी, चार कम्पनीको मूल्यमा सर्किट

सेयर बजारमा हरियाली : नेप्से परिसूचकमा २२.७५ अङ्कको बढोत्तरी, चार कम्पनीको मूल्यमा सर्किट

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • images
    images
    सेयर बजारमा हरियाली : नेप्से परिसूचकमा २२.७५ अङ्कको बढोत्तरी, चार कम्पनीको मूल्यमा सर्किट

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ । यो दिन नेप्से परिसूचक २२.७५ अङ्क अर्थात् १.१३ प्रतिशतले बढेर २ हजार २६ अङ्कमा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार १ सय २ कित्ता सेयर ६४ हजार २ सय २१ पटक खरिद बिक्री हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँमा कारोबार भएका छन् । 

    images
    images

    आजको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ । 

    आज वित्त समूह ५.९५ प्रतिशत, विकास बैङ्कको सूचक ३.१६ प्रतिशतले उकालो लागेको छ ।

    आजको कारोबारमा विभिन्न चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । 

    मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

    त्यसैगरी, तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको ४.३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड–१ को ३.१० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २.७६ प्रतिशतले घटेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार