images
images

कामना सेवा विकास बैङ्कद्वारा ‘केएसबिबिएल : फाइनान्सियल फुटस्टेप्स’ भिडिओ शृङ्खला सार्वजनिक (भिडिओ)

कामना सेवा विकास बैङ्कद्वारा ‘केएसबिबिएल : फाइनान्सियल फुटस्टेप्स’ भिडिओ शृङ्खला सार्वजनिक (भिडिओ)

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • कामना सेवा विकास बैङ्कद्वारा ‘केएसबिबिएल : फाइनान्सियल फुटस्टेप्स’ भिडिओ शृङ्खला सार्वजनिक (भिडिओ)

    काठमाडौँ / कामना सेवा विकास बैङ्कले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज ‘केएसबिबिएल : फाइनान्सियल फुटस्टेप्स’को टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा बैङ्कले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैङ्कले जनाएको छ । 

    images
    images

    १३ वटा श्रृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौतीहरू र माईलस्टोनहरू पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरूको सेटको जिवनलाई पछ्याउँछ । प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरूमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्त्वलाई प्रस्तुत गरिएको छ ।

    भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैङ्कले जनाएको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आइतबार बैङ्कको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैङ्कले जनाएको छ ।
    बैङ्कले बचत, ऋण तथा बैंकिङ कारोवार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

    डिजिटल प्रविधिलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैङ्कले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार