images
images

आर्थिक वर्ष  २०२३–२४ मा म्यान्मामा प्रकोपबाट २५ हजार घर क्षतिग्रस्त

आर्थिक वर्ष  २०२३–२४ मा म्यान्मामा प्रकोपबाट २५ हजार घर क्षतिग्रस्त

मंगलवार, चैत २७ २०८०
मंगलवार, चैत २७ २०८०
  • आर्थिक वर्ष  २०२३–२४ मा म्यान्मामा प्रकोपबाट २५ हजार घर क्षतिग्रस्त

    आर्थिक वर्ष २०२३–२४ मार्चको अन्त्यसम्म भएका प्रकोपले म्यान्मामा २५ हजार चार सय ६० घर क्षतिग्रस्त हुँदा ७६ हजार छ सय एक घरपरिवारलाई असर गरेको सरकारी अधिकारीले मङ्गलबार बताएका छन् ।
     
    गत आर्थिक वर्षमा म्यान्मामा आगलागीका चार सय ५२, पानीसँग सम्बन्धित एक सय ४४, हावाका छ सय ६१ तथा अन्य सात सय ५९ गरी दुई हजार १६ वटा प्रकोप दर्ता भएको सामाजिक कल्याण, राहत तथा पुनःस्थापना मन्त्रालयको विपद् व्यवस्थापन विभागका निर्देशक डाअ ले स्वे सिन ऊले सिन्ह्वालाई बताए । 

    images
    images

    अधिकारीहरूका अनुसार म्यान्मामा सबैभन्दा सामान्य प्रकोप हावाको थियो । विभिन्न प्रकोपबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा अय्यारवाडी क्षेत्र, मगवे क्षेत्र र शान राज्य रहेका थिए । 

    अधिकारीका अनुसार प्रकोपहरूको प्रतिक्रियामा विपद् व्यवस्थापन विभागले प्रभावित मानिसहरूलाई १३ लाख ८० हजार अमेरिकी डलरभन्दा बढी राहत सहायता प्रदान गरेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार