images
images

सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि माग गरेको छ ।

    images
    images
    images
    images

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “विगतदेखि हामीले माग गर्दै आएको २०४७ सालयता सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्तिउपर उच्चस्तरीय छानबिन समिति गठन गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले अहिले यही माग अघि सारेको छ, त्यो उपयुक्त छ ।” 

    सहकारी ठगीका साथै विसं २०४७ यता भएका सम्पूर्ण ठगीको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने उनले बताए । 

    यसअघि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारले सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने सार्वजनिक महत्त्वको प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार