images
images

आठ महिना विकास बैंकहरूले कमायो साढे तीन अर्ब नाफा, चारको ऋणात्मक, अन्य कुनको कति ?

आठ महिना विकास बैंकहरूले कमायो साढे तीन अर्ब नाफा, चारको ऋणात्मक, अन्य कुनको कति ?

बिहिवार, चैत २९ २०८०
बिहिवार, चैत २९ २०८०
  • आठ महिना विकास बैंकहरूले कमायो साढे तीन अर्ब नाफा, चारको ऋणात्मक, अन्य कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को आठ महिनाको अवधि विकास बैंकहरुले साढे तीन अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्ग अनुसार हाल संचालनमा रहेका १७ वटा विकास बैंकहरुले ३ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका हुन् । 

    चार विकास बैंकको नाफा ऋणात्मक

    फागुन मसान्तसम्ममा चार विकास बैंकको नाफा नोक्सानमा रहेको छ । यस अवधिमा एक्सेल डेभलपमेन्ट बैंक २४ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्याङ्गमा देखाएको छ ।

    यस्तै, सप्तकोसी डेभलपमेन्ट बैंक १३ करोड ६२ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक ७४ लाख र साल्पा विकास बैंक २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

    मुक्तिनाथ विकास बैंकको नाफा सार्वधिक 

    चालु आर्थिक बर्षको आठ महिनामा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस अवधीमा मुक्तिनाथ विकास बैंकले ६५ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    यस्तै, दोस्रो नम्बरमा रहेको गरिमा विकास बैंक रहेको छ । यस बैंकले ६५ करोड २२ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्गले देखाएको छ ।

    अन्य कुन बैंकको नाफा कति ? 

    विकास बैंकमा नाफा कमाउने तेस्रो स्थानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५२ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ । यता, नाफा कमाउने चौथो नम्बरमा रहेको महालक्ष्मी विकास बैंकले ४० करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    यस्तै, कामना सेवा विकास बैंकले ३८ करोड १५ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले २७ करोड ९७ लाख रुपैयाँ, ज्योति विकास बैंकले २५ करोड ७७ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ ।

    समिक्षा अवधिमा कर्णाली डेभलपमेन्ट बैंकले ४ करोड ५४ लाख, मितेरी डेभलपमेन्ट बैैंकले ४ करोड २ लाख रुपैयाँ, सिन्धु विकास बैंकले २ करोड, ग्रिन डेभलपमेन्ट बैंकले १ करोड ९४ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार