images
images

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यासब्याक योजना सार्वजनिक

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यासब्याक योजना सार्वजनिक

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यासब्याक योजना सार्वजनिक

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यासब्याक योजना सार्वजनिक गरेको छ । 

    images
    images

    आउँदै गरेको नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको हो । 

    यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र एइक् मेसिन मार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नुहुनेछ । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि ०१ वैशाख २०८१ देखि ०३ वैशाख २०८१ सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ । 

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार