images
images

सिजी इलेक्ट्रोनिक्स्का डिलरहरूलाई थाइल्यान्ड भ्रमण

सिजी इलेक्ट्रोनिक्स्का डिलरहरूलाई थाइल्यान्ड भ्रमण

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • सिजी इलेक्ट्रोनिक्स्का डिलरहरूलाई थाइल्यान्ड भ्रमण

    काठमाडौँ / नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स्ले आफ्ना डिलरहरूलाई थाइल्यान्ड भ्रमण गराएका छन् ।  

    images
    images

    सिजी इलेक्ट्रोनिक्स् अन्तर्गत रहेका ब्राण्डहरू एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका ३३ जना डिलरहरूले पाँच दिन ६ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्राप्त गरेका हुन् । 

    बर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलहरूलाई थाइल्याण्डको विभिन्न शहरहरू– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पलका साथै बैङककमा पनि क्रुज डिनर, सफारी वल्ड, वोपन जु जस्ता आकर्षक स्थानहरूमा भ्रमण गराई मनोरञ्जन प्रदान गरेको थियो । 

    यतिमात्र नभएर सिजी इलेक्ट्रोनिक्स्ले सहभागी सम्पूर्ण डिलरहरूलाई खाना वस्न लगायत यातायातको पनि ब्यबस्था गरेको थियो । 
     
    सिजीले हरेक आफ्ना उत्कृष्ट डिलरहलाई यस्तो सुनौलो बिदेश भ्रमणको अवसर प्रदान गदै आइरहेको छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार