images
images

हुवावे डिजिटल एण्ड इन्टेलिजेंस एपिएसि काँग्रेस, २ हजारभन्दा बढीको सहभागिता

हुवावे डिजिटल एण्ड इन्टेलिजेंस एपिएसि काँग्रेस, २ हजारभन्दा बढीको सहभागिता

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    हुवावे डिजिटल एण्ड इन्टेलिजेंस एपिएसि काँग्रेस, २ हजारभन्दा बढीको सहभागिता

    ह्वावे र ए.एस.ई.एन फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजित, ह्वावे डिजिटल एण्ड इन्टेलिजेंस ए.पी.ए.सी कांग्रेस बंग्कोकमा भएको छ । १५ एशिया–प्यासिफिकमा देश क्षेत्रबाट २ हजारभन्दा बढी सरकारी अधिकारीहरू, विद्वानहरू, साझेदारहरू र विश्लेषकहरू यो सम्मेलनमा सहभागी थिए । 

    images
    images

    सहभागीहरूले डिजिटल एण्ड इन्टेलिजेंस क्षेत्रको विकास  गरि, डिजिटल र बुद्धिमान एशिया-प्यासिफिकमा  निर्माण गर्ने तरिकाहरू बारे छलफल गरे । हालसम्म, ह्वावेले एशिया–प्यासिफिकमा एक लाख भन्दा बढी उद्यम साझेदारहरूको डिजिटल रूपान्तरण गर्न सहयोग गरेको छ । निरन्तर प्राविधिक आविष्कारमार्फत, ह्वावेले यस क्षेत्रलाई अग्रणी नेटवर्क र डाटा केन्द्र पूर्वाधार निर्माण गर्न मद्दत गर्दछ । 

    स्थानीय ग्राहकहरूको व्यावसायिक आवश्यकताहरू पूरा गर्न ह्वावेले ओपेनल्याब्स, फाइब जी संयुक्त आविष्कार प्रयोगशालाहरू र अन्य प्लेटफर्महरू निर्माण गरिएका छन् ।

    सब्रिना मेङ्ग, बोर्डकी उप-अध्यक्ष र ह्वावेको सी एफ ओले भिडियोमार्फत उद्घाटनका क्रममा गर्दै भनिन्, “एशिया-प्यासिफिक विश्वको सबैभन्दा उज्यालो क्षेत्रहरूमध्ये एक मात्र होइन, यो डिजिटल अर्थतन्त्रको विकास गर्ने प्रयास गरिराखेका अन्य क्षेत्रहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ । यस प्रक्रियाको हिस्सा हुन पाउन ह्वावेकोको लागि सम्मानको कुरा हो। यस क्षेत्रको डिजिटल रूपान्तरणलाई हाक्ने, अद्भुत ग्राहकहरू र साझेदारहरूसँग काम गर्न पाउँदा प्रहर्षणमा छु ।”

    ए.एस.ई.एन फोर कम्युनिटी एण्ड कोर्प्रेटका उप-महासचिव, महामहिम नारार्य एस ओएप्राप्टोले’ ग्रोथ इन्जिन अफ थाइल्याण्ड’ नीति अन्तर्गत डिजिटल र बौद्धिक रूपान्तरणको गतिलाई आफ्नो प्राथमिकताको रूपमा उल्लेख गरे । उनले देशको समग्र डिजिटल मानव पुँजी सुधार गर्न यी रूपान्तरणका फाइदाहरू पेश गरेका छन् ।

    ह्वावेका वरिष्ठ उपाध्यक्ष र हुवावे इन्टरप्राइज सेल्सका अध्यक्ष लिओ चेन डिजिटल एण्ड इन्टेलिजेंस इन्फ्रास्ट्रक्चरलाई सम्भाव्यता र  उत्पादकत्वलाई मुक्त गर्ने चाबीको रूपमा श्रेय दिए । उनले भने, “ह्वावे, हाम्रो फुल–स्ट्याक प्रविधि र समाधान क्षमताहरू प्रयोग गर्न र ग्राहकहरूको लागि थप मूल्य सिर्जना गर्न साझेदारहरूसँग काम गर्न तयार र इच्छुक छ ।”

    news1.jpg

    ह्वावे एशिया-प्यासिफिक क्षेत्रका अध्यक्ष साइमोन लिनले अर्थतन्त्र र समाजमा प्रविधिलाई एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, “ह्वावे प्राविधिक आविष्कारकर्ता, उद्योगको अग्रगामी र स्थानीय योगदानकर्ता बन्न प्रतिबद्ध छौँ । लगभग १०,००० उद्यम र क्लाउड साझेदारहरूसँग, हामी तिव्र गतिमा डिजिटल र बौद्धिक एशिया–पेसिफिक क्षेत्रको वृद्धिको लागि दृढ सङ्कल्प गर्दछौँ ।

    हुवावे नेटवर्क समिट, इनोभेटिभ डाटा इन्फ्रास्ट्रक्चर फोरम, ग्लोबल अप्टिकल समिट, र हुवावे क्लाउड स्ट्याक समिट लगायतका भविष्यका सम्मेलनहरू र उत्पादन प्रक्षेपणका योजनाहरूसहित सम्मेलन सम्पन्न भयो । हुवावेले ग्लोबल ई.एस.पी शिखर सम्मेलन एशिया–पेसिफिक  र ग्लोबल म्यानुफ्याक्चरिङ एण्ड लार्ज इन्टरप्राइज समिटमा उद्योग समाधानहरू जारी गर्ने योजना पनि बनाएको छ ।

    प्रमुख नेताहरू, इन्डोनेसियाका प्रेसिडेंशियल स्टाफका प्रमुख जनरल (निवृत्त), डा. मोइल्डोको र ए.एस.ई.ए.एन फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्रीसंग्नम पनि कांग्रेसमा उपस्थित थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार