images
images

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो, कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस्

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो, कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस्

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो, कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस्

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो सस्तिएको छ । शुक्रबार एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा तोकिएको अमेरिकी डलरको भाउ बढेर आज खरिदमा १३३ रुपैयाँ १७ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५६ पैसा तोकिएको छ । यसअघि भने युरोको भाउ एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १४३ रुपैयाँ १७ पैसा रहेको थियो । 

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६५ पैसा र बिक्री दर ८७ रुपैयाँ ४ पैसा निर्धारण गरिएकोमा आज घटेर खरिदमा ८६ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसा तोकिएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद मूल्य ९६ रुपैयाँ ९१ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ३५ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ६९ पैसा र बिक्री दर ८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार